पोखरा, २५ पुस । पोखरामा पृथ्वीजयन्ती भव्यरुपमा मनाइने भएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन अवसरमा पुस २७ गते हुने विभिन्न कार्यक्रममा क्षत्री समाज, ब्राह्मण समाज, ठकुरी समाज, दशनामी समाज लगायत ११ वटा जातीय संघसंगठनले ऐक्यबद्धता जनाउने छन् । पृथ्वीजयन्ती संयुक्त मूलसमारोह समिति कास्की संयोजक शंकर खरालले बुधबार आयोजित पत्रकार सम्मेलनमा यसपालि पृथ्वीजयन्ती भव्य हुने दाबी गरे ।
कार्यक्रमअनुरुप पुस २७ गतेे चिप्लेढुङ्गादेखि बाजागाजा र भजन चुड्कासहित पृथ्वीनारायण शाहअंकित रथयात्रा निकालिने कार्यक्रम छ । उक्त समयमा पृथ्वीनारायण शाहअंकित अल्ट्रलाइटले पोखराको आकाश परिक्रमा गनेर्छ । पोखरा नगरमा हजारौंको संख्यामा रहेको रथयात्रासहितको र्यालीलाई आकाशबाट पुष्पवृष्टि गर्ने कार्यक्रमसमेत छ ।
रथयात्रा पृथ्वीचोकमा पुगेर सभामा परिणत हुने संयोजक खरालले बताए । सभामा विभिन्न राजनीतिक दलका नेताहरु, धार्मिक तथा सामाजिक अगुवाले पृथ्वीनारायण शाहको महत्व र राष्ट्रि एकता दिवसबारे चर्चा परिचर्चा गर्ने कार्यक्रम छ । यसैबीच, सोही दिन दिउँसो ३ बजे राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको प्रथम अधिवेशन पोखरामा हुँदैछ । विश्व हिन्दू महासंघ, कास्कीको आयोजनामा अधिवेशन हुन लागेको हो ।
कास्कीमा रहेको भजन चुड्का समूहहरुको संरक्षण र सम्बद्र्धनका लागि अधिवेशनको उद्देश्य रहेको खरालको भनाइ थियो । खरालका अनुसार कास्की जिल्लाभर ६५ वटा भजन चुड्का समूह छन् । बिहीबार ‘बौद्धमार्गी र हिन्दू धर्मालम्बीबीच सामञ्जस्य’ विषयक विचार गोष्ठी हुनेछ । जुन कार्यक्रममा बौद्ध धर्म गुरु एर्व हिन्दू दर्शनका ज्ञातासमेत रहेका मोहन लामाले प्रवचन दिनेछन् ।
पत्रकार सम्मेलनमा मूलसमारोह समिति सल्लाहकार डा दिलबहादुर क्षत्रीले पृथ्वीनारायण शाहको व्यक्तित्वलाई नचिन्नेहरु नेपाली हुन नसक्ने बताए । उनको योगदानलाई नमान्नेहरु आमनेपालीको अपमान गर्नु रहेको क्षत्रीको भनाइ थियो । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र नागरिक समाज पोखराको पहलमा पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवस अवसरमा पुस २७ गते जिल्लाका विभिन्न स्कुल तथा कलेजमा पृथ्वीनारायण शाहको योगदानबारे चर्चा परिचर्चा गरिँदैछ ।
सोको लागि विभिन्न स्कूल तथा कलेजमा पत्राचार भइरहेको राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
hero news full width
मुख्य समाचार
मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०