पोखरा, २५ पुस। पोखरा–२२, पुम्दीभुम्दीस्थित शुक्रराज माविको स्वर्ण महोत्सव सफल पार्न विदेशबाट समेत आर्थिक सहयोग आउने गरेको छ ।
विद्यालयले वर्षभरि नै स्वर्ण महोत्सव मनाउँदैगरेको सन्दर्भमा करिब २० लाख खर्च लाग्ने भए पनि हालसम्म १२ लाख रुपैयाँ आर्थिक संकलन भएको र थप रकम सहयोग आउनेक्रम जारी रहेको विद्यालयका प्राचार्य नरनाथ बरालले बताए।
शहीद शुक्रराज शास्त्रीको स्मृतिमा निर्मित सो विद्यालय ५० वर्ष पुगेको अवसरमा शुक्रराजको शालिक समेत निर्माण गरिने बरालले जनाए। त्यसैगरी स्वागतद्वार तथा स्मारक निर्माण, स्मारिका प्रकाशन लगायत कार्यक्रम गरिने भएको छ। विद्यालयलाई पूर्व उपप्रधानपञ्च पार्दी बिरौटा निवासी सिंहबहादुर गुरुङबाट १ लाख १ हजार, गेमबहादुर गुरुङबाट १ लाख १ हजार, भानवीर गुरुङ स्मृतिमा जसकुमारी गुरुङबाट १ लाख १ हजार, डिम्मरसिंह गुरुङबाट १ लाख ५ सय, पूर्व विद्यार्थी टेकबहादुर गुरुङबाट ५० हजार, पूर्व शिक्षक कालावाङ घडेरी (हाल बेल्जियम) बस्ने पम्फा गुरुङबाट ४ लाख आर्थिक सहयोग प्राप्त भएको प्राचार्य बरालले बताए।
स्वर्ण महोत्सवअन्तर्गत अन्तरविद्यालयस्तरीय वक्तृत्वकला, सेभेन ए साइड छात्र फुटबल, छात्र भलिबल, निबन्ध प्रतियोगिता हुनेछ।
नर्सरीदेखि १० कक्षासम्म अंग्रेजी माध्यमबाट पढाइ हुने सो विद्यालयमा प्लस टुमा व्यवस्थापन र शिक्षा संकाय गरी करिब ४ सय जना विद्यार्थी अध्ययनरत् रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका प्रदेश सांसद राम्जी बरालले बताए। स्वर्ण महोत्सवको विशेष कार्यक्रम माघ १४ देखि १६ गतेसम्म हुँदैछ।
Related News
सम्बन्धित समाचार
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’
जिसस महासंघ गण्डकीको सपथ
‘प्रचारप्रसार र खबरदारी पत्रकारिताको धर्म’
hero news full width
मुख्य समाचार
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण ‘कमिङ सून’
चैत्र ५, २०७९