पोखरा, २५ पुस । सांग्रिला डेभलपमेन्ट बैंकले कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा १ स्थित लम्की शाखा उद्घाटन गरेको छ।
उक्त शाखाको उद्घाटन बैंकका संचालक अच्युतप्रसाद प्रसाई तथा लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईले संयुुक्त रुपमा गरेका हुन्। सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सुदूरपश्चिममा शाखा विस्तारकाबारे तथा बैंकले प्रदान गर्ने विभिन्न सेवा सुविधाबारे जानकारी गराएका थिए।
‘स्थानीय विकासको आधार’ भन्ने आफ्नो मूलमन्त्र आत्मसाथ गर्दै सुुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट ग्रामिण क्षेत्रका जनताबीच सांग्रिलाले आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
हालसम्म सातवटै प्रदेशमा गरी बैंकको शाखा संख्या ७७, एटीएम २३ मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।
Related News
सम्बन्धित समाचार
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
बजेटमा निजी क्षेत्रको असन्तुष्टी
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९