पाल्पाली सांगीतिक साँझ नजिकिँदै

पाल्पाली समाज पोखराले स्थापनाको रजतजयन्ती अवसरमा माघ ५ गते पोखरा सभागृहमा आयोजना गर्ने ‘पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५’ तयारी तीव्र पारेको छ । यसैक्रममा समाजले विशेष भेला सम्पन्न गर्नुका साथै अन्तरसमाजका पदाधिकारीसँग सुझाव संकलन गरेको छ ।

आदर्श समाज सम्वाददाता
पौष २६, २०७५
palpali_Fotor

पोखरा, २५ पुस  । पाल्पाली समाज पोखराले स्थापनाको रजतजयन्ती अवसरमा माघ ५ गते पोखरा सभागृहमा आयोजना गर्ने ‘पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५’ तयारी तीव्र पारेको छ ।

यसैक्रममा समाजले विशेष भेला सम्पन्न गर्नुका साथै अन्तरसमाजका पदाधिकारीसँग सुझाव संकलन गरेको छ ।

पाल्पाली समाजको भेलामा बोल्ने वक्ताले आ–आफ्नो ठाउँबाट कार्यक्रमलाई सहयोग गर्नुपनेर्मा जोड दिए।

समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकारहरु चिरञ्जीवी श्रेष्ठ, ताराप्रसाद पोखरेल, जगदीश गौतम, नारायणप्रसाद पौडेल, बाबुराम खनाल, सल्लाहकार लोकनाथ काफ्ले, डा. हुमप्रसाद न्यौपाने, जनपुकार मुनकर्मी लगायतले पाल्पाको समग्र पहिचान बोकेको सो कार्यक्रममा सक्दो सहयोग गर्नुपर्ने बताए ।

भेलाले सांगीतिक साँझमा समाजका पदाधिकारी तथा सल्लाहकारहरु एकै पोशाकमा उपस्थिति हुने निर्णय समेत गरेको छ। यस्तै, कार्यक्रमको लागि महिला, युवा, संस्थापक तथा सल्लाहकारको अलग अलग समिति गठन गरिएको कार्यक्रम संयोजक अनन्त अधिकारीले जानकारी दिए। कार्यक्रममा प्रथम उपाध्यक्ष रेशम रचक, सचिव केशव नेपाल लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाको व्याच समेत वितरण गरिएको थियो।

यस्तै, समाजले अन्तरसमाजका पदाधिकारीसँग भेट गर्नुका साथै पाल्पाली समाजको महिला भेला सम्पन्न गरेको छ ।

पाल्पाको मौलिक लोकसंस्कृति प्रचारप्रसार गर्दै जिल्लामा पर्यटन प्रर्वद्धनमा सघाउ पुर्याउने मूल उद्देश्य रहेको सो कार्यक्रममा पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्रीमार्फत झलक समेत प्रदर्शन गरिने छ ।

यस्तै, पाल्पाको मौलिक संस्कृतिको रुपमा रहेका वालन, कौरा, सोरठी (मारुनी) नृत्य प्रदर्शन गरिने छ भने पाल्पाली करुवा, ढाका तथा पाल्पाको पहिचान चुकाउनी, बटुक लगायत खानाका परिकारका स्टल समेत रहने छन् ।

कार्यक्रममा नेपाल सरकार मन्त्रिपरिषद् पूर्व अध्यक्ष तथा सवोर्च्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अभिनन्दन तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक कुवेरसिंह राना, महानायक राजेश हमाल, गायक तथा कलाकारहरु नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, नवीन पौडेल, इन्द्र जिसी लगायतलाई सम्मान गरिनेछ ।

कार्यक्रममा पाल्पाली कलाकार जमुना राना, शान्ति डोटेल, बसन्ती थापा, दुर्गाराज पाण्डेको पनि प्रस्तुति रहनेछ ।

कार्यक्रमबाट बचत रकम पाल्पाली कल्याणकारी कोषमा जम्मा गरिने समाजका संरक्षक एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठले बताए । सिटिजन फर्निचर ट्रेड लिंकले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ ।

यस्तै, पाल्पामा पर्यटन प्रवद्र्धनका लागि पाल्पाका २ नगरपालिका र ८ गाउँपालिकाका प्रमुख लगायत जनप्रतिनिधिसंग सोही दिन साँझ छलफलसमेत गरिने समाजका महासचिव श्रीधर पराजुलीले जनाए ।

Related News

सम्बन्धित समाचार

  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…
  • नेरेसो उपशाखा ८ को सभा

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखाका १६ औं वार्षिक साधारण सभा भएको छ । सभाको उद्घाटन गर्दै जनप्रिय क्याम्पस…
  • रैथाने अन्नबाली खान जोड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । ताओ एसोसिएसन पोखराले दीर्घरोग र यसको व्यवस्थापनमा रैथाने अन्नबालीको उपयोगबारे अन्तक्र्रिया गरेको छ । कार्यक्रममा डा. सुधाश्री अधिकारी…
  • कालिका क्याम्पस अध्यक्षमा किरण केसी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । कालिका बहुमुखी क्याम्पस, पोखरा–१४ काजीपोखरीको संचालक समिति अध्यक्षमा किरण केसी निर्वाचित भएका छन् । युवा व्यवसायी केसी यसअघि…

hero news full width