‘भाषा जोगाउनु राज्यको दायित्व’

आदर्श समाज सम्वाददाता
पौष २५, २०७५
mahara photo 24

लेखनाथ, २४ पुस। प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले भाषा र संस्कृति संरक्षण गने दायित्व राज्यको भएको बताएका छन्।

ङ्योए तमु धिं लेखनाथले तमु फो ल्होसार अवसरमा लेखनाथमा मंगलबार आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा भामुख महराले त्यस्तो बताएका हुन्।

उनले भने, “नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकाले ती सबै भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो ।”

सभामुख महराले आफ्नो मौलिक संस्कृति र जातीय पहिचानका लागि जातजातिबीच संगठित हुनु आवश्यक रहेको उल्लेख गदै एकले अर्कालाई सम्मान गने र सहकार्यको माध्यमबाट अगाडि बढ्ने परिपाटीको विकासले मात्र हाम्रो मौलिक भाषा र संस्कृतिको संरक्षण हुन्छ भने ।

भारतीय दूतावासका डा अजय कुमारले नेपाल र भारतबीच युगौदेखि चलिआएको सम्बन्धलाई आगामी दिनमा अझ बढी सबल, सुदृढ र प्रभावकारी बनाउनुपनेमा जोड दिए । उनले भूपू सैनिकहरुको साझेदारीमा भारतीय राजदूतावासले खानेपानी, स्वास्थ्य र विद्यालय क्षेत्रमा सहयोग गदै आएको धारणा राखे ।

ङ्योए तमु धि लेखनाथका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल भारत मैत्री संघका अध्यक्ष प्रेम लस्करी, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, तमु धिं कास्की अध्यक्ष कर्मा गुरुङ,  उपराष्ट्रपति विदेश विभाग प्रमुख जीवन गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, संयुक्त गोर्खा भूपू सैनिक क्लबका अध्यक्ष मेजर रामप्रसाद गुरुङ र काशीमाया गुरुङ लगायतले तमु ल्होसार अवसरमा सबैमा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा सगरमाथा टेलिभिजन र ङ्योए तमु धि लेखनाथतर्फबाट विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रम संचालन महासचिव सु. मेघबहादुर गुरुङ र स्वागत मन्तव्य उपाध्यक्ष बुद्धिबहादुर गुरुङले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अम्बिका माविमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०७९
    पोखरा । जनहितैषी फाउन्डेसन, नेपाली चिल्डे«न तथा हिमालय परियोजनाले संयुक्त रुपमा सुइँखेतस्थित अम्बिका माविमा सहयोग गरेका छन् । ती संस्थाले…
  • लमजुङे ठाडोभाका प्रकाशित

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०७९
    पोखरा । लमजुङ र छिमेकी जिल्लामा समेत प्रचलित ठाडोभाका लोकगीतसम्बन्धी अनुसन्धानात्मक पुस्तक लमजुङे ठाडोभाका प्रकाशित भएको छ । प्रज्ञा प्रतिष्ठानको…
  • कर्मचारी युनियन हिमालय आँखा अस्पतालमा प्रेमकुमार

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०७९
    पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखरा अध्यक्षमा प्रेमकुमार नकर्मी निर्वाचित भएका छन् । युनियनको शनिबार साताै…
  • पोखरामा रैथाने भोजन सप्ताह

    आदर्श समाज सम्वाददाता मंसिर ९, २०७९
    पोखरा । पोखरामा ‘रैथाने भोजन सप्ताह अनि मःम जात्रा’ हुने भएको छ । नेपासा भोजनले मंसिर १० देखि रैथाने खानाको…
  • क्होइबों बनाउन १० लाख सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०७९
    पोखरा । घान्द्रुकमा निर्माण हुन लागेको क्होइबों धिंका लागि घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरेको छ । समाजले मंगलबार घान्द्रुक…

hero news full width