पोखरा, २४ पुस। युनाइटेड क्लबले पुस २७ देखि माघ ८ सम्म आयोजना गर्न लागेको नवौं पोखरा महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवस्थल व्यवस्थापन, मञ्च, स्टल निर्माण, प्रचारप्रसार लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको क्लबका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले जानकारी दिए।
अमरसिंह माविको खेल मैदानमा हुने महोत्सव कला, संस्कृति, भेषभुषा संरक्षणमा टेवा पुर्याउने, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको विकास गरी देशलाई समृद्व गराउने, विकसित सूचना प्रविधिबारे जानकारी दिने लगायत उद्देश्यले आयोजना गर्न लागिएको हो।
महोत्सवमा विभिन्न जातजातिका कला संस्कृति प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी, हस्तकला प्रदर्शनी, लोक नृत्य, कृषि, अटो मेला, बाल उद्यान रहने छन्। महोत्सवमा हरेक दिन कलाकारको प्रस्तुति रहने छ।
महोत्सव अवसरमा यसपटक पोखरा वडा ३०, ३१ र ३२ मा पने निर्माणाधीन चिडियाखाना अवलोकन व्यवस्था मिलाइने भएको छ।
‘दैनिक ६० जनालाई निःशुल्क रुपमा चिडियाखाना अवलोकन गराइने छ,’ क्लबका संस्थापक अध्यक्ष हिमाल बख्रेलले भने, ‘चिडियाखानामा २२÷२५ जनावर प्रत्यक्ष देख्न पाइने छ।’ उनले आउँदो असोजसम्म चिडियाखाना संचालन गर्ने गरी काम अघि बढेको जानकारी दिए।
महोत्सवबाट ३८ लाख ६० हजार रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ। महोत्सव सम्पन्न गर्न ८७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने तथा १ करोड २६ लाख १० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। करिब दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
महोत्सवमा विभिन्न उत्पादनका २ सय ५० स्टल रहने छन्। सबै स्टल बुकिङ भैसकेको क्लबले जनाएको छ। महोत्सव अवलोकनका लागि साधारणतर्फ ८० र विद्यार्थीका लागि ६० रुपैयाँको टिकट व्यवस्था गरिएको छ। ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने मूलनाराका साथ अघि बढेको क्बलले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनलाई जोड दिँदै आएको छ।
युनाइटेड क्लब अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत र प्रचार संयोजक शान्तकुमार थापाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९