अक्सफोर्ड र मिनाकोई जापानबीच कार्यक्रम

आदर्श समाज सम्वाददाता
पौष २५, २०७५
Oxford – Japan_Fotor

पोखरा, २४ पुस। अक्सफोर्ड स्कूल पोखरा र मिनाकोई जापानबीच पोखरामा सांस्कृतिक आदानप्रदान कार्यक्रम भएको छ।

अक्सफोर्ड स्कूलमा जापानको कोमागाने शहरका उपमेयर मासारु होरिउचीको विशेष उपस्थितिमा सो कार्यक्रम भएको हो।

विद्यालयका प्रधानाध्यापक प्रेमराज अधिकारीले यस्तो सहकार्यले दुवै देशका विद्यार्थीलाई फाइदा हुने उल्लेख गरे।

कोमागाने शहरका उपमेयर मासारु होरीउचीले कोमागाने र पोखराको मित्रता अझ सुदृढ बनाउन कार्यक्रम उपयोगी भएको बताए। कार्यक्रममा दुवै देशका विद्यार्थीबीच मैत्रीपूर्ण डज् बल खेल भएको थियो।

कार्यक्रममा अक्सफोर्ड स्कूलकी छात्रा रोशनी शर्मा र हिगासी जुनियर हाई स्कूलकी छात्रा चिहारु फुजीले स्वागत गरेका थिए।

कार्यक्रम छात्रा अनुशा आचार्य र शिक्षक विनोदराज आचार्यले सयुक्त रूपमा संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रतिभा माविमा क्रिकेटको ‘प्राक्टिस नेट’

    आदर्श समाज सम्वाददाता असार ३०, २०८१
    पोखरा । प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • डेभिज फल सहकारीको १४ औं वार्षिकोत्सवमा रक्तदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ ले १४ औं वार्षिकोत्सव अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको…
  • लेकसिटी कलेजमा डिटिटिपी कोर्स

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । पोखराको गैरापाटनमा रहेको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरले नियमित पठन पाठनका अलावा विद्यार्थीहरुको विकासका लागि इन्टरनेसनल फाउण्डेसन फर…
  • वडा १७ को कार्यालय सारिने

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । पोखरा महानगरपालिका–१७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुँजीगत र चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ ।…

hero news full width