पोखरा, २३ पुस । पोखरामा केही दिन यता चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुँदा चिसो बढेको बताइएको छ । न्यूनतम तापक्रममा खासै फरक नआए पनि मौसम बदली र मुलुकको उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुँदा चिसो महसुस गरिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बेलुका पोखराको मौसम अधिकतम तापक्रम १८ दशमलव ९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री सेल्सियस रहेको जनाएको छ । सोमबार दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रह्यो । पश्चिमी वायुको प्रभावले देशभर बदली हुनाले उच्चपहाडी तथा हिमाली भूभागमा हिमपात परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँमा बिहान हल्का वर्षा भएको थियो ।
काठमाडौं नजिकको नगरकोट, फूलचोकी, चन्द्रागिरी र दामनलगायत देशको मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, मुगु, डोटी, दिपायल लगातका हिमाली क्षेत्रमा सोमबार हिमपात परेको छ । हिमपात भएको क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मंगलबार मौसममा सुधार हुँदै जाने विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् ।
विभागका अनुसार मंगलबार देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सामान्यतयाः सफा रहनेछ। त्यस्तै बुधबार पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९