पोखरा, २३ पुस। नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखाको रजत जयन्तीको अवसरमा निःशुल्क स्तन क्यान्सर उपचार शिबिर गरेको छ।
शिबिरमा वडा नं–१० भित्रका १ सय ३५ जनाले स्वास्थ्य परीक्षण गराए। २६ जनाको निशुल्क भिडियो एक्सरे गरिएकामध्ये १० जनालाई मणीपाल शिक्षण अस्पताल पोखरामा थप परीक्षण र उपचारका लागि रिफर गरिएको थियो।पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा वडा नं १० वडा कार्यालय को सहयोग र नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखा लैङ्गिक सामाजिक तथा समावेशीकरण समितिको ब्यबस्थापनमा महिलाहरूको स्तन क्यान्सर स्वास्थ्य शिबिर भएको थियो।
शिबिरमा मणीपाल शिक्षण अस्पतालका सर्जन डा. ओमबहादुर कार्की र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका डा. रबीन गौतम, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराका रेडियोलोजिष्ट डा. श्याम पराजुलीे र पोखरा महानगरवपालिका स्वास्थ्य महाशाखाकी नर्सिङ अधिकृत कविता बरालले महिलाहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै स्तन क्यान्सर र रोकथामबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राजकुमार गुरूङले वडा नं १० को चाहना सबै वडाबासी स्वास्थ्य रहनुपर्छ भन्ने भाबनाअनुसार नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा महिलाहरूमा हुनसक्ने स्तन क्यान्सरको स्वास्थ्य शिविर राखिएको बताए।
कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेल, वडा नं–१० का वडासदस्य निशा मल्ल ठकुरी, वडा सदस्य प्रतिभा वि क पोखरेल, वडा नं १० का वडा सचिव महेन्द्रबहादुर खवास, नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखा लैङ्गिक सामाजिक तथा समावेशीकरण समितिकी कोषाध्यक्ष हरिमाया भुजेल, स्वास्थ्य स्वयमसेविका वडा नं १० का संयोजक गिता आचार्यलगायतले बोलेका थिए।
लैङ्गिक सामाजिक तथा समावेशीकरण समिति उपशाखा १० की संयोजक नानीमैया गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य नन्दु देबी जैसी देबकोटाले रेडक्रसका सात सिद्धान्त बाचन, नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका सभापति सम्मरबहादुर श्रेष्ठले स्वागत र महानगरपालिका स्वास्थ्य महाशाखाकी नर्सिङ अधिकृत कबिता बरालले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
दुर्गा मन्दिरमा अक्षरयात्रा
आलु महोत्सव लक्षित सरसफाइ
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति
लापरवाहीले बढ्यो सडक दुर्घटना
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९