हेमजा, २२ पुस। पोखरा–१, सिम्पानीस्थित करुणानिधि माध्यमिक विद्यालयको रजत जयन्ती अन्तरगतको मुख्य कार्यक्रम आइतबारदेखि सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले अधिकाशं संस्थागत विद्यालयका विद्यार्थीमा नेपाली भाषा प्रतिको ज्ञानमा कमी रहेको औँल्याइन् । मन्त्री पुनले अंग्रेजी भाषा मात्रै सवै थोक नभएको जनाइन् ।
‘हामी नेपाली आफ्नै भाषामा कमजोर रहयौं भने हाम्रो देश कसरी समृद्घ बन्नसक्छ ? भन्दै त्यसप्रति आम नेपाली सबै सचेत बन्नुपर्ने उनको भनाई थियो ।
मन्त्री पुनले गण्डकी प्रदेश सरकारले प्राविधिक महाविद्यालय स्थापनाको सोंच बनाएको समेत बताइन् । उनले सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तरमा एकरुपता ल्याउनुपर्ने आवश्यकता औँल्याइन् । प्रदेश सरकारले शिक्षा क्षेत्रमा सहजीकरण गर्ने गरी निती ल्याउन लागेको पनि मन्त्री पुनले अवगत गराइन् । विद्यालयका सल्लाहकार समितिका अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको शैक्षिक क्षेत्रमा निजी विद्यालयको भुमिका महत्वपूर्ण रहदै आएको चर्चा गरे ।
उनले निजी विद्यालयको भुमिकालाई कम नहाक्न सबैमा अनुरोध गरे । पुर्व शिक्षक प्राध्यापक डा. रामनाथ ओझाले शिक्षकले विद्यार्थीलाई दवाव नदिई हासीखुसीका साथ पठनपाठन गराउनुपनेर्मा जोड दिए ।
विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्दै प्राचार्य डिल्लीराम अधिकारीले विद्यालयमा बालमैत्री वातावरणका साथ पठनपाठन गरिर्दै आएको बताए । उनले ‘करुणा अङ्क ५’ को प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । पछिल्लो समय विद्यालयले उल्लेख्य सफलता प्राप्त गर्दै गएको उनको ठहर थियो ।
प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माले देशको शिक्षाको इज्यत राख्ने काम संस्थागत विद्यालयहरुले गरिरहेको दावी गरे । शर्माले शिक्षक अभिभावक संघका अध्यक्ष वसन्त बास्तोलाले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धबाट मात्रै शैक्षिक व्यवस्था सुदृढ बन्ने बताए ।
कार्यक्रमबीच पुर्व शिक्षक तथा कर्मचारी, नियमित विद्यार्थीलगायतलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यार्थीहरुबाट विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत राखिएका थिए । कार्यक्रम सोमवार पनि जारी रहने विद्यालयले जनाएका छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका निदेर्शक लोकराज भण्डारीले धन्यवाद ज्ञापन, कक्षा ५ की विद्यार्थी अपेक्षा भण्डारीले स्वागत तथा संचालन सह–प्राचार्य भानुभक्त पोखरेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
दुर्गा मन्दिरमा अक्षरयात्रा
आलु महोत्सव लक्षित सरसफाइ
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति
लापरवाहीले बढ्यो सडक दुर्घटना
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९