सपथ लिनबाट रोकिए दीपक मनाङे

आदर्श समाज सम्वाददाता
पौष २३, २०७५
Deepak-Manange

पोखरा, २२ पुस ।सवोर्च्च अदालतको आदेशपछि थुनामुक्त भएका राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ले सांसदको शपथ लिन दिएको निवेदन सभामुखले फिर्ता पठाइदिएका छन् ।

आइतबार प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिबाट सर्वसम्मत रुपमा शपथ नगराउने निर्णय गरेपछि सभामुख नेत्रनाथ अधिकारीले तत्काल सपथ गराउन नसक्ने निर्णय मनाङेलाई सुनाए । बैठकमा बोल्दै सभामुख नेत्रनाथ अधिकारीले उनलाई तत्काल सहभागी गराउन नसकिने बताएका हुन् ।

सवोर्च्चको आदेशमा थुनामुक्त भएपनि मुद्दा फैसला नभएकोले सपथ ग्रहणबारे अन्यौल सिर्जना भएको थियो । पुस ११ गते मनाङेले सपथका लागि निवेदन दिएका थिए । उनको निवेदन आएपछि पुस १४ गते कार्यब्यवस्था परामर्श समितिको बैठकसमेत गणपुरक सदस्य संख्या नपुगेको भन्दै स्थगीत गरिएको थियो ।

सबैको राय बुझेपछि सभामुखले आइतबारको बैठकमा मनाङेको सपथ तत्काल गराउन नसकिने निर्णय सुनाए । गुण्डा नाइकेको रुपमा परिचित मनाङे तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।

मनाङेलाई जिताउनकै लागि एमालेले आफ्नो आधिकारिक उम्मेदवारलाई फिर्ता बोलाएको थियो । चुनाव जितेको बर्षदिन वितिसकेपनि हालसम्म उनले सांसदको हैसियत पाउन सकेका छैनन् । प्रदेशसभा सांसदको सपथ लिनुअघि नै उनलाई कर्तब्य ज्यान मुद्दामा अदालतले कारागार पठायो । नयाँ फौजदारीसंहिता लागु भएपछि १० बर्षभन्दा कम सजायँ हुने मुद्दामा जेलबाहिरै बसेर मुद्दा लड्न पाउने ब्यवस्था गरेकोले सवोर्च्च अदालतले थुनामुक्त गर्न आदेश थिएको हो ।

प्रतिपक्षीमाथि मनाङेको आक्रोश

कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलपश्चात सभामुखले सपथ ग्रहण नगराउने निर्णय लिएपछि गुरुङले सांसदहरुले लोकतन्त्रको मान्यता नबुझेको आरोप लगाए । ‘पोखरा आउँदैछु । सोमबार म पनि हाउस जान्छु । आदर्शसमाजसँगको फोनवार्तामा उनले भने, ‘प्रतिपक्षीले विरोध गरेको छ रे भन्ने सुनेको छु । उनीहरुलाई नलेज रहेनछ । आएर सिकाउँछु ।’

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टीप्रति उनले आक्रोश पोखे । सभामुखले मुख्य न्यायधिवक्तासँग सल्लाह गरेर निर्णय लिनुपनेर्मा पार्टीका सांसदसँग छलफल गर्नु नै गलत भएको उनी सुनाउँछन् । उनले पोखरा आएर आवश्यक छलफल गर्ने बताएका छन् ।

‘कानुनभन्दामाथि कोही छैन । देशमा लोकतन्त्र आयो । तर, लोकतन्त्रको मतलव कसैलाई थाहा भएन,’ उनी अघि भन्छन्, ‘प्रतिपक्षी भनेको सरकारले गरेको कमजोरी केलाउने हो । निहुँ खोज्ने त होईन नि ।’

Related News

सम्बन्धित समाचार

  • असार २६ गते सार्वजनिक बिदा

    रासस असार २२, २०७९
    काठमाडौं । सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा…
  • अर्थमन्त्री शर्माले दिए राजिनामा

    रासस असार २२, २०७९
    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका छन् । आज मात्र प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत…
  • कटुस पनि किनेर खान्छन् नेपाली

    रासस असार १७, २०७९
    काठमाडौं । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।…
  • सुनिन छाडे असारे भाका

    धनबहादुर गुरुङ असार १७, २०७९
    पोखरा । ‘असार मासको छिपछिपे हिलो, छिः मलाई घीन लायो जेठी र कान्छी नगरे झगडा कान्छीलाई दिम्ला गइरीको खेत, जेठीलाई…
  • कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल

    आदर्श समाज सम्वाददाता असार १५, २०७९
    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन्…

hero news full width