लेखनाथ, २२ पुस । लेखनाथका विभिन्न ठाँउबाट संकलन गरिएको घरेलु मदिरा आइतवार एक कार्यक्रमबीच नष्ट गरिएको छ ।
डाँडाकोनाक प्रहरीचौकीको अग्रसरतामा विभिन्न ठाँउबाट संकलन गरिएको दुई सय ५० लिटर तयारी मदिरा र करिव पाँचसय लिटर कच्चा पदार्थ नष्ट गरिएको हो ।
डाँडाकोनाक प्रहरीचौकी परिसरमा वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ, वडा नं ३२ का वडाअध्यक्ष अक्कलबहादुर कार्की, वडासदस्य प्रेम बराल, सरस्वती नेपाली, लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश ओझा, सचिव त्रिलोचन लामिछाने र कोषाध्यक्ष गंगा खनाललगायतको सहभागितामा मदिरा नष्ट गरिएको हो ।
कार्यक्रममा डाँडाकोनाक प्रहरीचौकीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले मदिराका कारण विभिन्न अपराधजन्य क्रियाकलाप मौलाउँदै गएकाले यसलाई निरुत्साहित गर्न आगामी दिनमा लेखनाथका सवै ठाँउहरुमा कडा निगरानीका साथ प्रहरी परिचालन गरिने बताए ।
Related News
सम्बन्धित समाचार
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
hero news full width
मुख्य समाचार
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब
चैत्र ८, २०७९