विन्ध्यवासिनीमा ५३ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
पौष २३, २०७५
Bindhyabasini School Blood Donation

पोखरा २२ पुस । पोखरा–१६ बाटुलेचौरको विन्ध्यवासिनी माविले आयोजना गरेको रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ ।

विद्यालयको ७२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले पहिलो रक्तदाता विद्यालयका सूचना अधिकारी एवं शिक्षक रामबहादुर बानियालाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सभापति पाण्डेले रगतको समस्या न्युनिकरण गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । कार्यक्रम संयोजक खेमराज पौडेल, शिक्षक ताराकुमारी अधिकारीलगायतले रक्तदानलाई विद्यालयको वार्षिक कार्यक्रम बनाउनुपनेर्मा जोड दिए ।

विद्यालयले आइतबारबाट विविध खेलकुद कार्यक्रमसमेत शुरु गरेको छ ।  वार्षिकोत्सवकै अवसरमा २५ गते शैक्षिक पुरस्कार वितरण र पुस २७ गते मूल समारोहको आयोजना गरिने प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए ।

मूल समारोहमा विद्यालयको मुखपत्र ‘विन्ध्यबासिनी दर्पण अंक–२’ को विमोचन, भूपू विद्यार्थी एवं युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका सासंद कुमार खड्का, प्रभा कोइराला, पुष्पा केसी भण्डारीको सम्मान, विभिन्न पुरस्कार तथा छात्रवृत्ति वितरण, एसइई उत्तीर्ण एवं वर्षका उत्कृष्ट विद्यार्थी सम्मानका साथमा विविध साँस्कृतिक कार्यक्रम र साँझ दीपावली गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…
  • नेरेसो उपशाखा ८ को सभा

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखाका १६ औं वार्षिक साधारण सभा भएको छ । सभाको उद्घाटन गर्दै जनप्रिय क्याम्पस…
  • रैथाने अन्नबाली खान जोड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । ताओ एसोसिएसन पोखराले दीर्घरोग र यसको व्यवस्थापनमा रैथाने अन्नबालीको उपयोगबारे अन्तक्र्रिया गरेको छ । कार्यक्रममा डा. सुधाश्री अधिकारी…
  • कालिका क्याम्पस अध्यक्षमा किरण केसी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । कालिका बहुमुखी क्याम्पस, पोखरा–१४ काजीपोखरीको संचालक समिति अध्यक्षमा किरण केसी निर्वाचित भएका छन् । युवा व्यवसायी केसी यसअघि…

hero news full width