पोखरा, २१ पुस। सहकारी नाममा घरजग्गा व्यवसायी सुधीर बस्नेतबाट ठगिएका पीडितले छिटोभन्दा छिटो न्याय दिलाउन माग गरेका छन्।
समस्या समाधान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरे पनि समाधान नभएको भन्दै उनीहरुले सबै रकम फिर्ता पाउने गरी आवश्यक कारबाही अघि बढाउन आग्रह गरे। बस्नेतले निर्माण गर्न लागेको अपार्टमेन्टका फ्ल्याटमा लगानी गर्न बस्नेतले नै सञ्चालन गरेको ओरियण्टल सहकारीमा धेरैले पैसा जम्मा गरेका थिए। अपार्टमेन्टमा ८ हजार सर्वसाधारणको ७ अर्बभन्दा बढी रुपैयाँ फसेको पीडितको दाबी छ। पीडितले उक्त पैसाको सुरक्षा गर्ने दायित्व राज्यको भएको भन्दै स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारले पनि चासोका साथ समन्वय गरिदिन आग्रह गरे। स्याङ्जा पोखरा शाखाका पीडित शनिवार पोखरामा भेला भएर समस्या समाधानका लागि दबाब दिएका हुन्।
उनीहरुले समस्या समाधानमा पहल गर्न पीडित समिति पनि गठन गरेका छन्। २०६९ सालमा स्याङ्जा पोखरा शाखाबाट मात्रै ९ सयभन्दा बढीको करिब २२ करोड रुपैयाँ जम्मा भएको थियो। शुक्रबार काठमाडौं समितिका पदाधिकारीसहितको उपस्थितिमा आगामी गतिविधिबारे छलफल भएको छ। छलफलमा काठमाडौं समितिका अध्यक्ष कुन्तीदेवी पोखरेलले बस्नेतको जग्गा र सम्पत्ति लिलाम गर्नुभन्दा निक्षेपकर्ताको संरक्षणमा हाउजिङ पूरा गरेर बेचबिखन गर्नुपर्ने बताइन्।
‘जग्गा लिलामी गर्दा १५ प्रतिशत मात्रै रकम फिर्ता हुन्छ तर हाउजिङ पूरा गर्न पाए ९० प्रतिशतसम्म फिर्ता गर्न सकिन्छ,’ उनले भनिन्, ‘रोकिएको हाउजिङ निक्षेपकर्ताको संरक्षणमा पूरा गर्ने र बेच्ने वातावरण बनाउनुपर्छ।’ उनले सकेसम्म पूरै रकम फिर्ता गर्ने गरि दबाबमूलक कार्यक्रम गरिने बताइन्। कार्यक्रममा प्राध्यापक तथा पीडित समितिको सल्लाहकार आमोदा श्रेष्ठ, पीडित समिति काठमाडौंका रमेश मलिक लगायतले लिलामभन्दा भएको सम्पत्तिको उचित उपयोग गर्ने गरि छलफल अघि बढाउनेमा प्रतिबद्धता जनाए।
समिति कास्कीका संयोजक यामबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पीडित निक्षेपकर्ता इन्द्रबहादुर कार्कीले गरेका थिए।
कार्यक्रममा स्याङ्जा पोखरा शाखाका अधिकांश पीडित भेला भएका थिए।
Related News
सम्बन्धित समाचार
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९