सांसद पहारीको तलबभत्ता सामाजिक कार्यमा

आदर्श समाज सम्वाददाता
पौष २२, २०७५
Rajib Pahari_Fotor

पोखरा, २१ पुस। गण्डकी प्रदेशका सांसद राजीव पहारीले आफूले पाउँदै आएको तलबभत्ता सामाजिक कार्यमा खर्च गरेको बताएका छन्। उनले साढे चार लाख रुपैयाँ बराबरको रकम कास्कीका विभिन्न सामुदायिक विद्यालयमा खर्च गरेको दाबी गरे ।

पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत यूरोगार्ड, विद्यालय पोशाक, सेनेटरी प्याड र विभिन्न आमा समूह, क्लब तथा सामाजिक संघसंस्थालाई आर्थिक सहायतामा खर्च गरेको उनले बताए।

प्रदेशसभाबाट २०७४ माघ ७ मा शपथ लिएसँगै चालु आवको मंसिर मसान्तसम्म प्रदेशसभा सचिवालयबाट तलबभत्तावापत उक्त रकम प्राप्त गरेका थिए।

कास्की निर्वाचन क्षेत्र ३ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट प्रत्यक्षमा निर्वाचित पहारीले आफ्नो सुविधावापतको रकम सामाजिक उत्तरदायित्वमा खर्च गरेको बताए। उनले कास्कीका विभिन्न विद्यालयलाई युरोगार्ड प्रदान गरेका छन्।

सरकारी विद्यालयमा आवश्यक पूर्वाधार भए पनि सफा पिउनेपानीको अभावमा विद्यार्थी बिरामी पर्ने अवस्था अन्त्यका लागि यूरोगार्ड प्रदान गरिएको उनले बताए। यसअघि पनि उनले कास्कीका विभिन्न स्थानका विपन्न समुदायका परिवारलाई आर्थिक सहायता प्रदान गर्दै आएका थिए।

सांसद पहारीले विकासका लागि निकै विलम्ब भएको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहको समन्वय आवाश्यक रहेको बताए।

फेवाताल संरक्षणप्रति निकै चिन्तित रहेको बताउने सांसद पहारीले आवश्यक पहल थालनीको अन्तिम तयारीमा रहेको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…
  • प्रभावकारी बन्दै ओएसटी कार्यक्रम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लागुऔषधको मौखिक प्रतिस्थापन उपचार (ओएसटी) पद्धतिको प्रभावकारी कार्यान्वयनका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याइएको छ । कम्युनिटी सपोर्ट ग्रुप…

hero news full width