चण्डिका आमा समूहको साधारणसभा

आदर्श समाज सम्वाददाता
पौष २२, २०७५
Chandika Aama Samuha_Fotor

पोखरा, २१ पुस । चण्डिका आमा समूह, पोखरा–९ को छैठौं साधारण सभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले साधारणसभा उद्घाटन गरेका हुन् । उनले आफूले कार्यक्रमको लागि मात्र गरिने कार्यक्रम पूर्ण रूपमा बन्द गरेको बताए ।

उनले गण्डकी प्रदेश र पोखरा महानगरपालिकाकै केन्द्रमा रहेको वडा ९ को समूचित विकास कसरी गर्ने भन्नेमै वडा केन्द्रित रहेको बताए । कार्यक्रमको लागि मात्र कार्यक्रम गर्न कुनै बजेट निकासा नगरिएको उनको भनाइ थियो ।

कार्यक्रममा वडासचिव लोकदर्शन कोइरालाले चण्डिका आमा समूहले सरसफाइ तथा संगठनात्मक कार्यहरु उत्कृष्ट रुपले गर्दै आएको बताए ।

कार्यक्रममा वडा सदस्य राममाया मानन्धर, गीता चम्राकार, सुरेश खवास, नन्दराम गिरी, पत्रकार रमेश पौडेल, सल्लाहकार पुष्पकुमारी आचार्य, संस्थापक अध्यक्ष सरस्वती कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाकी सचिव सीता नेपालीले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष देउमाया पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

आमा समूह अध्यक्ष बिमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गंगा सुवेदीले स्वागत र सम्झना रानाभाटले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…
  • प्रभावकारी बन्दै ओएसटी कार्यक्रम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लागुऔषधको मौखिक प्रतिस्थापन उपचार (ओएसटी) पद्धतिको प्रभावकारी कार्यान्वयनका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याइएको छ । कम्युनिटी सपोर्ट ग्रुप…

hero news full width