बुटवल, २१ पुस। स्थलमार्गहुँदै नेपाल आउने पर्यटक संख्यामा वृद्धि भएको छ। सन् २०१८ मा स्थल नाका बेलहियाबाट नेपाल आउने विदेशी पर्यटक १० प्रतिशतले बढेका हुन्।
अध्यागमन कार्यालय भैरहवाका अनुसार वर्ष सन् २०१८ मा एक लाख ६६ हजार २ सय ३५ पर्यटक स्थलमार्टबाट नेपाल आएका छन्। यो तथ्यांक भारतीय बाहेकको हो।
स्थलमार्गबाट आउने भारतीय पर्यटकको तथ्यांक राखिँदैन। गत वर्ष सन् २०१७ मा यो नाका हुँदै एक लाख ५० हजार ८ सय ४१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। पछिल्ला वर्षहरुमा स्थलमार्गबाट नेपाल भित्रिने फासपोर्ट होल्डर पर्यटकको संख्या बढ्दै गएको अध्यागमन कार्यालय भैरहवाले जनाएको छ। यो नाका हुदैं नेपाल आउने अधिकाश पर्यटक बुद्ध जन्मस्थल लुम्बिनीमा आउने गर्दछन्।
२०१८ मा स्थलमार्ग बेलहियाबाट नेपाल प्रवेश गर्नेमा सबैभन्दा बढी श्रीलंकाका पर्यटक छन्। ५८ हजार ७ सय ६३ जना श्रीलंकनहरू स्थलमार्गबाट आएका छन् भने थाइल्याण्डका ३२ हजार ७ सय ९२, म्यान्मारका ३० हजार ५९, भियतनामका ७ हजार २ सय ४१, दक्षिण कोरियाका ६ हजार ८ सय ६६, चीनका ५ हजार २५ जना बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका छन्। यस्तै अन्य देशको पर्यटक बढे पनि स्थलमार्गबाट आउने थाई पर्यटकको संख्यामा भने केही कमी आएको छ। अघिल्लो वर्ष ३३ हजार ६ सय ९३ जना आएकोमा यो वर्ष ३२ हजार ७ सय ९२ मात्रै आएका छन्।अमेरिकीहरू २ हजार ३ सय ७९ जना, कम्बोेडियाका २१ सय ७५, नेदरल्याण्डका १६ सय ९४, बेलायतका १५ सय ४८, इण्डोनेशियाका १४ सय ४३, अष्ट्रेलियाका १३ सय ४७, जर्मनका १२ सय ६७, जापानका १२ सय ५४, मलेसियाका ११ सयउ ६०, फ्रान्सका ११ सय ३६ जना नेपाल भ्रमणमा आएको अध्यागमन कार्यालयको तथ्यांकमा उल्लेख छ।स्थल नाकाबाट सबैभन्दा बढी २०१८ मार्चमा २८ हजार ८ सय ४८ पर्यटक आएका थिए। त्यस्तै नोभेम्बरमा २५ हजार ४२, फेब्रुअरीमा २१ हजार ३ सय ७२, अगस्टमा १८ हजार २ सय ३३, अक्टोबरमा १७ हजार १ सय ९३ थिए। अफ सिजन रुपमा रहेको जुनमा नाकाबाट १३ सय ८८ पर्यटक आएका थिए। यो नाका हुँदै आउने पर्यटकको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो। त्यसपछिका गन्तव्य पोखरा, चितवन, मनाङ, मुस्ताङ, काठमाडांै र पाल्पा पर्दछन्।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९