पोखरा, २१ पुस । अन्नपूर्ण सेञ्चुरी पर्यटन समिति अध्यक्ष ललित गुरुङ ब्रेज–मेश्रो अवार्डबाट सम्मानित भएका छन्। घान्द्रुक समाज हङकङद्वारा प्रदान गरिएको सो अवार्ड ३ हजार डलर नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ।
सामाजिक र राजनीतिक नेतृत्वका माध्यमबाट समग्र घान्द्रुकको विकासमा महत्वपूर्ण भूमिका खेलेवापत अध्यक्ष गुरुङलाई सम्मान गरिएको हो । सम्मानित गुरुङ नेपाली काँग्रेस घान्द्रुकका सभापति समेत हुन्। उनको नेतृत्वमा गतवर्ष मात्र अन्नपूर्ण आधारशिविरबाट अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव आरम्भ गरी विभिन्न तीन चरणमा सम्पन्न गरिएको थियो।
महोत्सवकै अवसरमा गत जुन ३ मा अन्नपूर्ण आधारशिविरदेखि घान्द्रुकसम्म पहिलो अन्नपूर्ण म्याराथन समेत सम्पन्न भएको थियो।
अन्नपूर्ण म्याराथनको दोस्रो संस्करणको तयारी गरिएको छ। त्यस्तै गुरुङकै नेतृत्वमा अन्नपूर्ण आधार शिविरमा फ्रान्सेली पर्वतारोही मौरिस हजोर्गको अर्धकदको शालिक निर्माण गरिएको छ।
हङकङमा आयोजित विशेष समारोहबीच समाजका अध्यक्ष राम गुरुङले सो अवार्डबाट गुरुङलाई सम्मान गरेका हुन्। प्रत्येक २ वर्षमा प्रदान गरिने यो अवार्ड पाँचौं हो।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९