पीएन स्नातकोत्तरमा रसायनशास्त्र पढाइ हुने

आदर्श समाज सम्वाददाता
पौष २०, २०७५
pn-campus

पोखरा, १९ पुस। पृथ्वीनारायण क्याम्पस (पीएन) मा यसै शैक्षिक सत्रदेखि रसायनशास्त्र विषयमा स्नातकोत्तर तहको पढाइ सञ्चालन हुने भएको छ।

उक्त कार्यव्रmम सञ्चालन गर्न पेश गरिएको प्रस्ताव त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्बाट स्वीकृत भएपछि क्याम्पसमा सो तहको पढाइ संचालन हुन लागेको हो।

गण्डकी प्रदेशको आवश्यकता मध्यनजर गरी रसायनशास्त्र विषयमा स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्न लागेको क्याम्पसले जनाएको छ।

यस क्याम्पसमा क्रमिक रूपमा विज्ञानका विषयहरुमा स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्न आवश्यक रहेको रसायनशास्त्रका विभागीय प्रमुख प्राडा अक्कलदेव मिश्रले बताए।

सो तहको पढाइले यस क्याम्पस र समग्रमा विश्वविद्यालयको वैज्ञानिक शिक्षा सबलीकरण र सुदृढीकरणमा टेवा पुर्याउने उनको विश्वास छ।

२०१७ सालमा स्थापित यस क्याम्पसमा २०२४ सालदेखि विज्ञान संकायमा प्रमाणपत्र तहको कक्षा सञ्चालन भएको थियो। समयसापेक्ष विद्यार्थी तथा अभिभावकहरुको चाहना अनुरूप २०४४ मा विज्ञानमा स्नातक तहको पढाइ शुरु भएको थियो।

२०६४ सालमा भौतिकशास्त्रमा पहिलो पटक स्नातकोत्तर तहको कक्षा सञ्चालन भएको थियो। विज्ञानका अन्य विषयहरुमा अहिलेसम्म स्नातक तहको पढाइ मात्रै हुने गरेको छ।

यस क्याम्पसमा ३२ वटा विभागहरु, २० वटा विषयमा स्नातकोत्तर तहको पढाइ र झण्डै पाँच सय वटा विषयहरुको पठनपाठन हुँदै आएको छ।

गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादन गर्ने गरेकै कारणले यो क्याम्पस २०७५ मा नेपाल सरकार शिक्षा मन्त्रालयबाट उत्कृष्ट क्याम्पसका रुपमा घोषित भएको छ।

हालै विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर निर्धारण तथा प्रत्यायोजन (क्यूएए) समेतको उपाधि पाएको छ।

क्याम्पसमा झण्डै १० हजार विद्यार्थी, पाँच सय प्राध्यापक र एक सय ५० कर्मचारी छन्।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width