सामुदायिक विद्यालयबीच छात्रछात्रा भलिबल हुने

आदर्श समाज सम्वाददाता
पौष २०, २०७५
volley

पोखरा, १९ पुस। कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा माघ ८ देखि १२ सम्म जिल्लाका सामुदायिक विद्यालयबीच छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा कास्कीका सामुदायिक विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।

नकआउट आधारमा खेलाइने प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्ने कास्की जिल्ला भलिबल संघ अध्यक्ष भीम पराजुलीले जानकारी दिए । प्रतियोगितामा करिब ५० विद्यालयका छात्रछात्राहरुको सहभागिता रहने उनले बताए ।

उनका अनुसार विजेताले ५० हजार र उपविजेताले ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै तृतीयले १५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट व्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भरलाई जनही ५ हजार नगद प्रदान गरिने छ। प्रतियोगिता सम्पन्न गर्न ८ लाख ५० हजार लाग्नेछ।

सृजना विकास केन्द्र अध्यक्ष मीनप्रसाद भट्टराईले कास्कीका दूरदराजका विद्यालयका विद्यार्थीलाई खेलकुद माध्यमबाट माथि उठाउन प्रतियोगिता आयोजना गर्न लागेको बताए। उनले प्रतियोगितालाई भविष्यमा रनिङ शिल्डका रुपमा संचालन गर्ने लक्ष्य रहेको उल्लेख गरे।

‘यसबारे सम्बन्धित खेलकुद विकास समिति र सम्बन्धित संघसंस्थासँग छिट्टै छलफल गर्छौ,’ उनले भने, ‘सरकारी विद्यालयका विद्यार्थी जो खेलबाट वञ्चित छन्, आफ्नै गाउँघरको बारीमा डोरी टाँगेर भलिबल खेल्दै आएका छन्। उनीहरुको खेल प्रतिभा निखार ल्याउन उपयुक्त अवसर प्रदान गरी खेलकुदको मूलप्रवाहमा ल्याउनु हाम्रो लक्ष्य हो।’

सिर्जना विकास केन्द्रका प्रथम उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक इन्द्रप्रसाद पौडेलले प्रतियोगिता माध्यमबाट लुकेर रहेका प्रतिभा उजागर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको बताए।

राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले राज्यले गर्नुपर्ने कार्य सामाजिक संघसंस्थाले गर्न लागेकोमा सृजना विकास केन्द्रलाई धन्यवाद दिए। खेलकुदको जिम्मेवार संस्थाको आफू जिम्मेवार सदस्य भएकाले प्रतियोगितालाई संस्थागत र व्यक्तिगत दुवै सहयोग रहने बताए।

कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङले कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त श्रोतसाधनमा हुने प्रतियोगितामा समितिको प्राविधिक सहयोग रहने जनाए। सो अवसरमा पोखरा समाज अष्ट्रेलियाका अध्यक्ष एवं भलिबल रेफ्री राजु क्षत्री र मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) लाई समाजसेवामा उल्लेख्य योगदान पुर्याएकोमा सम्मान गरियो।  राखेप सदस्य राजेश गुरुङले क्षेत्री र गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width