पोखरा रोयलद्वारा साक्षरता तालिम

आदर्श समाज सम्वाददाता
पौष २०, २०७५
royal

पोखरा, १९ पुस । पोखरा रोयल सहकारी संस्था लिमिटेड, बुद्धचोकले प्रौढ शिक्षा साक्षरता तालिम दिएको छ ।

संस्थाको आयोजना तथा पोखरा १५ वडा कार्यालयको स्थानीय व्यवस्थापनमा गत भदौ २० देखि वडाको निर्मल बस्तीमा सञ्चालित सो तालिममा २३ जना महिलाको सहभागिता थियो ।

तालिम समापनमा प्रमुख अतिथि वडाध्यक्ष प्रकाश पौडेलले सहकारी संस्थाहरुले समुदायमा यस्ता प्रकारका सामाजिक उत्तरदायित्वको काम गरी उदाहरणीय बनेको बताए।

सहकारीले बचत तथा ऋणको कारोबारमात्र सिमित नरही विपन्न वर्ग र सीप नभएका व्यक्तिहरुलाई व्यावसायिक तालिमहरुको समेत व्यवस्था गरी लघु उद्यमी तथा व्यवसायिकताको विकास गर्ने समेतका कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

संस्थाका लेखा तथा सुपरीवेक्षण समितिका संयोजक हर्कबहादुर गुरुङले विगतदेखि नै यस्ता खालका कार्यक्रम सञ्चालन गरिएको आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताए।

समापनमा प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। साक्षरता तालिममा उत्कृष्ट हुने पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई पुस्कार दिइयो ।

संस्थाका उपाध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तोरणबहादुर बानियाँले स्वागत र लघुवित्त विभाग प्रमुख लिलाधर पौडेलले संचालन गरेका थिए ।

पोखरा रोयलले कास्की र स्याङ्जाका विभिन्न स्थानहरुमा ५ सय ५० भन्दा बढी व्यक्तिहरुलाई साक्षरता तालिमबाट साक्षर बनाएको जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • सरस्वतीमा दन्त शिविर

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । नेलम्बो नेपालले पोखरा–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरेको छ । शिविरमा शिक्षक, विद्यार्थी गरी २…
  • जीविका सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा ३ नदीपुरस्थित जीविका बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा भएको छ । जिल्ला सहकारी…
  • गैराथर सिल्पा सडकको उद्घाटन

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभूत हुनेखालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् ।…
  • केआइइसी वुनलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । ढिकुरपोखरीमा भएको आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि केआइइसी वुन एफसीले चुमेको छ । बुधबार फाइनलमा हेमजा युनाइटेडलाई ट्राइब्रेकरमा…
  • भारतको चेन्नइमा तीज

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । प्रवासी नेपाली संघ भारत तमिलनाडु पाण्डीचेरि संयुक्त राज्य समितिअन्तर्गत प्रगतिशील महिला समितिले तीज अवसरमा चेन्नईका प्रवासी नेपाली महिलाबीच…

hero news full width