पोखरा, १९ पुस। मादी गाउँपालिका–१ स्थित थन्कु देउराली युवा क्लब खिलाङको १७ औँ वार्षिकोत्सव तथा ल्होसार मेला शुरु भएको छ। नेपाली काँग्रेस कास्की जिल्ला सभापति कृष्णबहादुर केसीले मेला उद्घाटन गरे ।
प्रमुख अतिथि केसीले क्लब र गाउँको सामाजिक, प्रशासनिक तथा हरेक कार्यमा काँग्रेसले साथ र सहयोग गर्ने बताए।
उक्त अवसरमा नेपाली काँग्रेस मादी गाउँपालिकाले मेलालाई नगद २० हजार सहयोग गरेको थियो। जिल्ला सभापति कृष्ण केसी, नेताहरु पुष्प भण्डारी, देवीजंग गुरुङ, विशाल गुरुङ, भोजबहादुर गुरुङ र राजेन्द्र क्षेत्रीले क्लबका अध्यक्ष हरिभक्त गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा युवा नेता देवीजंग गुरुङले खिलाङ गाउँ गुरुङ संस्कार, संस्कृतिले भरिपूर्ण गाउँ भएकोले होमस्टेको रुपमा विकास गराउन सक्ने बताए।
यस्तै मादी ६ का संयोजक एवम् सिद्ध युवा क्लब चिप्लीका अध्यक्ष विशाल गुरुङले युवाहरु सांस्कृतिक कार्यक्रम र खेलकुदमा मात्र नभई स्थानीयस्तरमा निर्माणाधीन हाइड्रोहरुमा पनि ध्यान दिनुपर्ने बताए।
ताङतिङ युवा क्लब अध्यक्ष भोजबहादुर गुरुङले गाउँपालिकाले अगाडि सारेको युवा स्वरोजगार कार्यक्रम र गाउँपालिकाका गतिविधिमा युवाको ध्यान जानुपर्ने बताए।
क्लब सल्लाहकार चेतबहादुर गुरुङले खिलाङलाई अझै मादी गाउँपालिकाले नै चिन्न नसकेको भन्दै गुनासो गरे ।
युवा क्लब अध्यक्ष हरिभक्त गुरुङको अध्यक्षता र क्लबका चेतबहादुर गुरुङको संचालनमा भएको कार्यक्रममा वडा सदस्य टीकाराम गुरुङ, पुष्प भण्डारी लगायतले बोलेका थिए ।
पुस २१ गतेसम्म हुने मेलामा भलिबलतर्फ १३ र बास्केटबलतर्फ १० टिमको सहभागिता रहेको छ।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९