पोखरा, १८ पुस। नेपाल विद्यार्थी संघ मुस्ताङको सभापतिमा अशिम शेरचन चयन भएका छन्। बुधबार भएको १२ औं अधिवेशनले शेरचनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपसभापति रुपिका थकाली, महासचिव अनिल परियार, सचिव सुनिल परियार, सहसचिव ध्रुव परियार र कोषाध्यक्षमा बरुण लामा चयन भए ।
सदस्यमा मनिषा हिराचन, विकास विक, पासाङ शेर्पा, सुदीप विक, पूनित परियार, सञ्जय पूर्जा, विकल्प गौचन, अमन पौडेल, निसान तुलाचन, उर्मिला नेपाली, मञ्जु नेपाली र सज्जल छन्त्याल छन् । नवगठित कार्यसमितिका सभापति शेरचनले संगठन बलियो बनाई अघि बढ्ने प्रतिबद्धता जनाए । उनले शैक्षिक गुणस्तरीयता कायम गराउन नेविसंघको भूमिका महत्वपूर्ण हुने बताए ।
नेविसंघका केन्द्रिय कोषाध्यक्ष शिव रिमालले नेविसंघको इतिहास नेपाली राजनीतिमा सधँै प्रशंसनीय भएकोले सोही अनुसार अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा नेपाल शिक्षक संघका संघीय प्रतिनिधि प्रमिश गौचनले विद्यार्थीलाई सकारात्मक र रचानात्मक कार्य गर्न सुझाव दिए । उनले विभिन्न राजनीतिक परिघटनामा नेपाल विद्यार्थी संघले निभाएको भूमिका सम्झदै सधैँ सत्यको पक्षमा हिड्ने संठगन रहेको समेत बताए ।
वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस जिल्ला सचिव फेन्चोक छेप्टेन गुरुङले विभिन्न कठिनाइ बाबजुद मुस्ताङमा नेपाल विद्यार्थी संघ यो अवस्थामासम्म आइपुगेको बताए । विद्यार्थीको हकहीत तथा शैक्षिक गुणस्तरको लागि आ–आफ्नो स्थानमा एकताबद्ध भएर अगाडि बढ्न उनले सुझाव दिए ।
नेविसंघमा पहिलो पटक औपचारिक कार्यक्रम गरेर कार्यसमिति चयन गरिएको युवा नेता अविनाश गौचन थकालीले बताए । उनले नयाँ कार्यसमितिलाई थप जोश–जाँगरका साथ जिम्मेवारी बहन गर्न आग्रह गरे ।
सोही अवसरमा संघको कोष वृद्धिको लागि वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्टेन गुरुङले १० हजार, महाधिवेशन प्रतिनिधि विजय हिराचनले ८ हजार र घरपझोङ गाउँपालिकाका तरुणदल अध्यक्ष योगेश शेरचनले ५ हजार नगद सहयोग गरेका छन् । कार्यक्रममा सहयोगीलाई सम्मानसमेत गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९