पोखरा, १६ पुस । मुलुकी देवानी तथा फौजदारी संहिता ऐनको विषयमा घरदैलौमा सचेतना गर्नुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । विसं २०७४ भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी देवानी÷फौजदारी संहिता ऐन २०७४ कार्यविधि’ सम्बन्धमा पोखरामा सोमबार शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) गण्डकी प्रदेशद्वारा आयोजित सो गोष्ठीमा वक्ताहरुले यस्तो जोड दिएका हुन् ।
सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोग पोखराका निदेर्शक दीपकजंग कार्कीले अपराधसंहिता राम्रो रहेको र यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको भएपनि समाजमा अपराध हुन नदिनका लागि सचेत रहनुपर्ने आवश्यकतामाथि प्रकाश पारे ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक)का गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले नियम कानूनको विषयमा जानकारी नहुँदा फाइदा लिन नसक्ने भएकाले मुलुकी देवानी तथा फौजदारी ऐनको विषयमा जानकारी हुनुपर्ने विषयमा जोड दिए ।रासस
सो संस्था संकल्पका अध्यक्ष सावित्री खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दुर्गा न्यौपाने, पार्वती कार्की, सगुन गुरुङ, पत्रकार भीमबहादुर थापा, इन्दिरा पौडेल, सरस्वती हरिजनले महिला हक अधिकारका साथै ऐनको कार्यान्वयनलगायतको विषयमा चर्चा गरेका थिए ।
उक्त गोष्ठीमा पोखरा महानगरपालिकाका विभिन्न वडाबाट निर्वाचित महिला सदस्यका साथै महिला अधिकारवादी संस्थाका सदस्यको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
हर्पनकोट माविमा छात्रवृत्ति वितरण
फेवातालमा एक युवक मृत फेला, २ दिनसम्म भएन पहिचान
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार
रास्वपा पोखरा २६ गठन
hero news full width
मुख्य समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०