पोखरा, १६ पुस।स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारहरुले सत्य, तथ्य र सन्तुलित समाचार लेखेर आफ्नो छवि बचाइ राख्न जोड दिएका छन्।
स्वतन्त्र पत्रकार संघ अर्घाखाँची शाखाको शनिवार दोस्रो अधिवेशन उद्घाटन गर्दै अध्यक्ष बास्तोलाले उक्त कुरामा जोड दिएका हुन्।
यतिखेर पत्रकारहरु माथि स्वतन्त्र हुन नसकेको र सत्तासिनहरुको दास बनेको लान्छना लाग्ने गरेको उल्लेख गर्दै बास्तोलाले संसदमा प्रतिपक्षसमेत कमजोर रहेको वर्तमान अवस्थामा सञ्चार जगत्ले दरिलो प्रतिपक्षको भूमिका खेल्नुपर्ने बताए।
भूमिस्थान नगरपालिकाका प्रमुख रेशम थापाले पत्रकारहरुले व्यापारी जस्तो हुन नहुने र जस्तो देख्छौं, उस्तै लेख्छौं भनेर पेशागत धर्म निर्वाह गर्नुपर्ने बताए।
साथै उनले अर्घाखाँचीलाई कसरी समृद्ध बनाउने भन्ने बारे पनि ध्यान दिन सञ्चारकर्मीसँग आग्रह गरे।
सन्धीखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकले मानव समाजको रुपान्तरण तथा राजनीतिक परिवर्तनमासमेत सञ्चार जगत्को महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पत्रकारहरु सुसूचित गर्ने अभियन्ता भएको बताए।
संघको अर्घाखाँची शाखाका संस्थापक अध्यक्ष हरि भुषालले स्वतन्त्र भनेको मनोपोली नभै सबैप्रति जिम्मेवार विवेकको स्वतन्त्र प्रयोग गर्ने सञ्चारकर्मी भन्ने बुझ्नुपर्नेमा स्पष्ट पारे।
नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका सदस्य वसन्त श्रेष्ठले पत्रकारको भूमिका स्वतन्त्र हुनुपर्नेमा जोड दिए।
प्रेस सोसाइटी अर्घाखाँचीका अध्यक्ष दिनेश सुनारले अन्याय विरुद्ध बोल्न र लड्न नसक्नेका पक्षबाट बोल्नु पत्रकारिता भएको बताए।प्रेस संगठन अर्घाखाँचीका नेता कमल विष्टले आस्था राख्दैमा कोही झोले नहुने बताउँदै संगठन स्वतन्त्रसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए।
प्रेस युनियन अर्घाखाँचीका अध्यक्ष वीरेन्द्र केसीले मन्दिरमा पस्ता जुत्ता फुकाले जस्तै पत्रकारले कलम चलाउँदा राजनीतिदेखि अलग रहनुपर्ने बताए।
प्रगतिशील पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष विनोद गैरेले विचार फरक रहे पनि सबै सञ्चारकर्मीको मर्म र समस्या एउटै भएको धारणा राखे।
रेडियो मालारानीका स्टेशन मेनेजर नविन केसीले स्वतन्त्र भनेको जे पनि गर्न पाउने भन्ने अर्थ लाग्न नहुने बताए।
समाजसेवी सहयोगी जिसीले पत्रकारिता क्षेत्रमा देखिएका विकृति, विसंगति हटाउन ध्यान दिनुपर्नेमा जोड दिँदै स्वतन्त्रमा रहने वास्तविक पत्रकार हुन् भन्ने समाजमा छाप पार्नुपर्ने बताए।
स्वतन्त्र पत्रकार संघ अर्घाखाँची शाखाका कार्यवाहक अध्यक्ष अम्बिका बेल्बासे श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय पार्षद डिआर घिमिरेले स्वागत तथा सञ्चालन सचिव शिव वेल्वासेले गरेका थिए।
अध्यक्षमा श्रेष्ठ
स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँची शाखाको अध्यक्षमा अम्बिका बेल्वासे श्रेष्ठ चयन भएकी छन्। यसैगरी उपाध्यक्षमा सुदीप केसी, सचिवमा शिव बेल्वासे, कोषाध्यक्षमा अनिता भूसाल र सहसचिवमा सुमन अर्याल रहेका छन्।
यसैगरी सदस्यमा पार्वता अर्याल, विनिता परियार, अशोक आचार्य, चोलनाथ पौडेल, पशुपति श्रेष्ठ, मधुसुदन पाण्डे, टेकराज थापा, युवराज थापा, युवराज पौडेल रहेका छन्। यस्तै राष्ट्रिय पार्षदमा डिल्लीराज घिमिरे, विशाल पाण्डे, रिता भुसाल चयन भएका छन् भने प्रदेश पार्षदमा दिनेश गैरे, प्रदीप सूर्यवंशी र बिन्दु घिमिरे रहेका छन्।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’
जिसस महासंघ गण्डकीको सपथ
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९