पोखरा, १६ पुस ।युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले अंग्रेजी नयाँ वर्ष सुरुआतको अवसरमा भिटामिन डी र होल बडीका रक्त परीक्षणमा छुट दिने जनाएको छ । युआरएलले जनावरी महिनाभर भिटामिन डी परीक्षणमा ५० प्रतिशत र होल बडी जाँचमा २५ प्रतिशत छुट दिने प्रबन्ध निदेर्शक ठाकुरप्रसाद पन्तले बताए ।
रोग लाग्नुअगावै आफ्नै स्वास्थ्य अवस्था जानकारी पाएर रोगी भएमा उचित उपचार नभएर सर्वसाधारणलाई ढुक्क बनाउन होल बडी चेक अपको छुट सहयोग हुने पन्तले बताए । उनले भने, ‘धेरै नेपालीमा भिटामिन डी कम हुने समस्या देखिएको र यसको जाँच महंगो भएकाले सबैले सहज तवरले सेवा पाउन भनी नयाँ वर्षमा सेवाग्राहीलाई छुट दिन लागिएको हो ।’
ढाड दुख्ने, मांसपेशी तथा हड्डी दुख्ने, आलस्य बढी हुने, कपाल झर्ने जस्ता लक्षण भिडामिन डीको कमीले देखिने युआरएलका ल्याब साइन्टिफिक अफिसर भूपेन्द्रराज पाण्डेय बताउँछन् । ‘भिटामिन डी कम वा बढी दुवै हुनु खतरनाक छन्,’ उनले भने, ‘घामको प्रकाश, सि फुड्स, अण्डाको पहेलो भाग आदिमा भिटामिन डी पाइन्छ । भिटामिन डी खानामा भएरमात्र हुँदैन । त्यसलाई भिटामिन बनाउनसम्म पूरा हुनुपर्ने प्रक्रिया शरीरमा हुन नसक्ने अवस्थामा पनि यो समस्या आउँछ ।’
मोटोपन बढी हुने, घरभित्रमात्रै काम गर्ने वा बसिरहने, बुढेसकाल लागेका, बढी सन्स क्रिम लगाउने, अनुहारै नदिने गरी कपडा लगाउनेमा भिटामिन डीको कमी हुने सम्भावना बढी हुन्छ । रेफरेन्स ल्याब युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा करिब ३५ हजारलाई निशुल्क शिविरमार्फत सेवा दिइसकेको छ ।
Related News
सम्बन्धित समाचार
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
बजेटमा निजी क्षेत्रको असन्तुष्टी
खेल पूर्वाधारतर्फ १५ करोड
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९