पोखरा, १६ पुस।एसओएस बालग्राम गण्डकीको आयोजनामा दुईदिने जिल्लास्तरिय ‘बाल विकास र सुरक्षा’ बिषयक आवासीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
पोखरा महानगरिय बालमञ्च, कास्की जिल्लामास्थित ‘क’ वर्गका बालगृहहरु, पोखरा महानगरपालिका वडा नं १५ अन्तरगतका वडा बालमञ्च र बालगृहका बालबालिका गरी ४६ जनाको गोष्ठीमा सहभागिता थियो । कार्यशालामा सञ्चारकर्मी दिपेन्द्र पहारीले अभिव्यक्त कला, एसओएस बालग्राम पोखराका बाल संरक्षण स्रोतव्यक्ति कर्मा ग्याल्सेनले भावना र सुरक्षा, आर्थिक एसओएस बालग्राम गण्डकीकी लेखा प्रमुख भवानी बस्नेतले अनुशाशन, एसओएस बालग्राम गण्डकीकी बालसंरक्षण स्रोतव्यक्ति ज्योति लम्सालले छुवाई र यसको प्रभाव, बालसंरक्षण स्रोत व्यक्ति सुमन बरालले पुर्व चेतावनी स्रोत र बाल गोपनीयतालगायतका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख आतिथि बालगृहहरुको महासंघ नेपालका महासचिव विजयकुमार प्रधानले कास्की जिल्लामा मात्र ५० हजार बालबालिका बाल क्लबमा आवद्ध रहेको बताए । उनले बाल संरक्षणका सवालमा नेपालमै नमुना कार्य गरिरहेको उल्लेख गर्दै जिल्लामा रहेका बालगृहहरुले समेत बालसहभागिताको विषयलाई पहिलो प्राथिमकतामा राखेको उल्लेख गरे । उनले भने, ‘आफ्नो संरक्षणमा रहेका बालबालिकाहरुलाई बालक्लब गठन तथा बालक्लव सञ्जालमा सहभागी गराउन सधै उत्प्रेरण गरिरहेको छ ।’
एसओएस बालग्राम नेपालका राष्ट्रिय निदेर्शक ईश्वरीप्रसाद शर्माले सहभागीहरुलाई सम्बोधन गर्दै बालबालिकाहरुले आफ्नो अधिकारको ग्यारेण्टी खोज्दा आफ्ना जिम्मेवारीहरुलाई अझ बढि बोध गर्नुपर्ने बताए । व्यवहारिक व्यक्तित्वलाई आकार दिनका लागि बालबालिकाहरुले ध्यान दिनुपर्ने बताए । ‘बाल विकास र सुरक्षा बालबालिकाको मात्र होइन, उनीहरुसँग सरोकार राख्न्ने सबै बयस्क, अभिभावक तथा ठूला मानिसको उत्तरदायित्व हो,’ उनले भने, ‘यस यथार्थलाई सबैले ख्याल गर्नुपर्छ ।’
एसओएस बालग्राम गण्डकीका योजना निदेर्शक भगतकुमार श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बालग्रामले भावी दिनहरुमा समेत जिल्लामा रहेका बाल क्लवहरुको नेतृत्व विकासका लागि कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता जनाए । बाल विकास र सुरक्षाका सवालमा सबै सरोकारवालाहरुसँग हातेमालो गर्दै सहकार्य गर्ने श्रेष्ठले ऐक्यवद्धता जनाए ।गोष्ठीमा एसओएस सामाजिक केन्द्रका संयोजक राजेन्द्र रेग्मी र एसओएस हर्मन माइनर विद्यालय गण्डकीका प्रिन्सिपल राजेन्द्रकुमार श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।
पोखरा महानगरिय बालमञ्चकी अध्यक्ष एलिना श्रेष्ठ र थ्री एञ्जल नेपालकी बिनुमाया प्रजाले गोष्ठीको समापनमा कार्यशालाको सिकाई र अनुभवबारे आफ्ना भनाई राखेका थिए ।
एसओएस बालग्राम गण्डकीका योजना निदेर्शक भगतकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त बालग्रामका युवा निदेर्शक प्रदिपभक्त आचार्यले स्वागत र एसओएस बालग्राम गण्डकीकी छोरी प्रतिक्षा पौडेलले संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
रेडियो अन्नपूर्णले गरेको २१ औं रक्तदान कार्यक्रममा१ १० युनिट रगत संकलन
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९