रेडक्रस थुम्की उपशाखा–१६ को साधारणसभा

आदर्श समाज सम्वाददाता
पौष १७, २०७५
Redcross Kaski 1,2

पोखरा, १६ पुस । नेपाल रेडक्रस सोसाइटी रुपा गाँउपालिका १ र २ को १६ औं साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका कार्यसमिति सदस्य एवं जुनियर युवा समिति कास्कीका संयोजक विष्णुप्रसाद भण्डारीले समुदायमा हुनसक्ने मानवीय बिपद्लाई न्युनीकरण गर्ने उद्देश्यका साथ रेडक्रसको स्थापना भएको र विश्व समुदायको १९४ राष्ट्रमा यसको संगठन र सञ्जाल भएकाले संसारकै ठूलो मानवीय संस्था भएको वताए । उनले मानवीय बिपद्लाई घटाउन युद्धको पृष्ठभुमीवाट स्थापित रेडक्रस विकास निर्माणमा समुदायसँग सहकार्य गर्दै आएको वताए ।

उपशाखाका सचिव राजन सुबेदीले प्रस्तुत गरेको सभामा कोषाध्यक्ष बिमला खनालले भावी कार्यक्रम र लेखापरीक्षण प्रतिवेदन सर्वस्ाम्मतिले पारित गरेको थियो । उपशाखाका सभापति तिलक जिसीको अध्यक्षतामा सम्पन्न सभामा कार्यसमिति सदस्य ऋषीराम ओझाले स्वागत मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ५१ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता असार १९, २०७९
    पोखरा । कास्की बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजना तथा पोखरा ३ वडा कार्यालयको सहयोगमा आयोजना गरिएको रक्तदानमा ५१ युनिट रगत…
  • विद्यार्थी उपचारका लागि अक्षयकोष

    आदर्श समाज सम्वाददाता असार १९, २०७९
    पोखरा । छोरा स्वः राजेश कोइरालाको स्मृतिमा पस्र्याङ निवासी कृष्णप्रसाद÷सीता कोइराला परिवारले वाराही माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।…
  • एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग

    आदर्श समाज सम्वाददाता असार १९, २०७९
    पोखरा । कालिका बहुमुखी क्याम्पसलाई एनएमबी बैंकले सेनिटरी प्याड भेन्डिङ मेसिन सहयोगस्वरूप प्रदान गरेको छ । बैंकको पोखरामा रहेको गण्डकी…
  • लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता

    आदर्श समाज सम्वाददाता असार १९, २०७९
    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले रजत वर्षको अवसरमा शनिबार सदस्यबीच दौड प्रतियोगिता गरेको छ। महिला तथा पुरुष व्यवसायीबीच दौडमा…
  • ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग

    आदर्श समाज सम्वाददाता असार १९, २०७९
    पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने तयारी गरिएको भन्दै त्यसको विरुद्धमा राजनीतिक दलहरू एकताबद्ध भएका छन् । पोखरा–३३…

hero news full width