पोखरा, १५ पुस । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दानसिंह बोहोराले नेपालमा मनाइने विभिन्न चाडपर्वहरुले सबै जातजाति र भाषाभाषीहरुलाई एकसुत्रमा बाँध्ने बताएका छन्।
उनले चाडपर्वले राष्ट्रिय स्वाधिनता बलियो बनाउनुका साथै शान्ति र स्थिरता कायम गर्न ठूलो भूमिका खेल्ने उल्लेख गरे । देश विकासको यात्रामा चाडपर्वले अघि बढाउनसमेत ठूलो भुमिका खेल्ने बताए ।
तनहुँ तमु समाज पोखराले ल्होसारको अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बोहराले शुभकामना दिए, ‘नेपालमा मनाइने हरेक चाडपर्वहरुको आफ्नै महत्व हुने र संपूर्ण जातजाति मिलेर बनेको नेपाली समाजलाई यस्ताखाले चाडपर्वले सुसंस्कृत एवं सभ्य समाज निर्माण गरी भाईचारासमेत बढाउनेछ ।’
तनहुँ तमु समाजका अध्यक्ष क्या. शुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बोहोराले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
४ नं. प्रदेश नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कान्ता बोहोराको विषेश आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि र विषेश अतिथि बोहोराले तनहुँ तमु समाजअन्तर्गत विभिन्न बिधामा यसवर्ष उत्कृष्ट भएका विधार्थी एवं व्यक्तिहरुलाई नगद तथा प्रशंसापत्रले सम्मान समेत गरे ।
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आइतबार ल्होसार पर्व मनाउँदैछन ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले गुरुङ समुदायले पुस १५ लाई नयाँ वर्षको रुपमा ‘ल्होसार’ पर्व मनाउँदै आएका छन् ।
Related News
सम्बन्धित समाचार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९