पूर्व राजालाई लेखनाथमा अभिनन्दन

आदर्श समाज सम्वाददाता
पौष १६, २०७५
Purba Raja Gayanendra

लेखनाथ, १५ पुस । पूर्व राजा ज्ञानेन्द्रलाई  आइतवार लेखनाथमा स्वागत सम्मान गरिएको छ ।

पोखरा २९ मा रहेको नर्मदेश्वर मोक्षाश्रम संरक्षण समितिको आयोजनामा  स्वागत सम्मान गरिएको हो ।

कार्यक्रममा  संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्य, मन्दिरका पिठाधीश ईञ्जीनियर मौनी बाबालगायत स्थानीयले धार्मिक भ्रमणको रुपमा आएका ज्ञानेन्द्र शाहलाई स्वागत गरेका थिए ।

पूर्व राजा ज्ञानेन्द्रलाई नर्मदेश्वर मोक्षाश्रम संरक्षण समितिको तर्फबाट अभिनन्नदनसमेत गरिएको थियो ।

करिब आधा घण्टा मन्दिरमा विताएका शाहले मन्दिरमा पुजा अर्चना गरेका थिए । मन्दिर प्रवेश गर्ने क्रममा सवैको हातवाट पुष्पगुच्छा लिएपनि उनले सम्वोधन भने गरेनन् ।

Related News

सम्बन्धित समाचार

  • मतदानमा सहभागी हुन मुख्यमन्त्रीको आग्रह

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०७९
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न…
  • डेढ घण्टा हिँडेर विद्यालय

    रासस मंसिर ३, २०७९
    पाल्पा । निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्नुहुन्छ । उहाँ गाउँदेखि करिब डेढ…
  • निर्वाचन तयारी : बार लगाउने, तारले छेक्ने

    धनबहादुर गुरुङ मंसिर ३, २०७९
    पोखरा । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीका मतदानस्थलमा आवश्यक तयारी तीव्र पारिएको छ ।…
  • नमुना मतदान केन्द्र सम्हाल्दै महिला कर्मचारी

    आदर्श समाज सम्वाददाता मंसिर २, २०७९
    पोखरा । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीका ३ वटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले…
  • मौन अवधिमा प्रचार गरे रु २५ हजार जरिवाना

    रासस मंसिर २, २०७९
    काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ ।…

hero news full width

Recent Posts

भर्खरै

trending post

ट्रेन्डिङ्ग