sf:sLsf] n]vgfydf hf/L !%cf}+ ;:s/0fsf] n]vgfy dxf]T;jdf zlgaf/ pln{Psf] bz{ssf] eL8 . k’; !^ ut];Dd rNg] dxf]T;jdf bz{ssf] rfk;Fu} sf/f]jf/df klg a[l4 ePsf] atfO{Psf] 5 . t:jL/ M eLdkfl0f a/fn, n]vgfy, /f;;
लेखनाथ, १६ पुस । कास्कीको लेखनाथमा जारी १५ औं लेखनाथ महोत्सवले समापन अघि नै लक्ष्य प्राप्ति गरेको आयोजकको दावी रहेको छ ।
महोत्सव समापन हुन एकदिन अगाडि नै आयोजकले सुरुमा राखेको लक्ष्य प्राप्त भएको आइतवारसम्मको आर्थिक कारोवारले प्रष्ट पारेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताएका छन् ।
‘सुरुमा हामीले महोत्सव अवधिभर तीन लाख दर्शक र १५ करोड बरावरको आर्थिक कारोबार हुने अनुमान गरेका थियौ,’ भण्डारीले भने, ‘तर, त्यो अनुमान समापनपुर्ब नै पुगेकाले विगतका महोत्सव भन्दापनि यस बर्षको महोत्सवले नयाँ कृतिमान राख्न सफल भएको छ ।’
महोत्सवको ११ औं दिनपनि यस प्रदेशमा सार्वजनिक विदा परेकोले आइतवार करिब ४० हजार दर्शकले मेलाको अवलोकन गरेको र हालसम्म तीन लाख ४० हजार दर्शकले मेलाको अवलोकन गरिसकेका प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।
महोत्सवका पछिल्ला दिनहरुमा दर्शकको चाप सँगसँगै आर्थिक कारोवारमा पनि बृद्धि भई आइतबार मात्र दुई करोड बराबरको आर्थिक कारोवार भएको र हालसम्म करिब १७ करोड बराबरको कारोबार भइसकेको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका छन् ।यसैबीच, महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवको थप आकर्षकका रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा र महोत्सवको मुख्य आर्कषणको रुपमा रहेको खोजी अभियानअन्तर्गत गायन विधाको गण्डकी तारा प्रतियोगिताको घोषणा आइतबार समापनका दिन हुने संयोजक मेनुका श्रेष्ठ र ऋषिराम जमरकटेलले जानकारी दिएका छन् ।
१२ दिनसम्म चलेको महोत्सवको महानगर प्रमुख मानबहादुर जिसीद्धारा सोमवार समापन गर्ने कार्यक्रम रहेको महासचिव भरतकुमार अधिकारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
बसपार्क हस्तान्तरण
महिला उद्यमीले सिकायो च्याउ खेती
आँखा शिविरमा २१५ को परीक्षण
hero news full width
मुख्य समाचार
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९