पोखरा, १५ पुस । पोखराको पुरानो विद्यालय विन्ध्यबासिनी मावि बाटुलेचौरले आफ्नो ७२ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ ।
यही पुसको २७ गते हुने वार्षिकोत्सवको अवसरमा विद्यालयले पुस २२ गतेदेखि २७ गतेसम्म रक्तदान तथा वार्षिक खेलकुद कार्यक्रमको आयोजना गरेर मनाउन लागेको प्रधानाध्यापक कृण्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।
विद्यालयले २२ गते खुला रक्तदान कार्यक्रमका साथै २६ गतेसम्म खेलकुद र २७ गते मूल समारोहको आयोजना गरेको हो । मूल समारोहमा विद्यालयले भूपु विद्यार्थी एवं युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका सासंद कुमार खड्का, प्रभा कोईराला, पुष्पा केसी भण्डारीलाई सम्मान गर्ने जनाएको छ ।
सोही समारोहमा विद्यालयको मुखपत्र विन्ध्यबासिनी दर्पण अंक–२ को समेत विमोचन गरिने प्रचार संयोजक रामबहादुर बाँनियाले जानकारी दिए । त्यस्तै, मूल समारोहमा छात्रवृति वितरण, शैक्षिक तथा खेलकुद पुरस्कार वितरण र विज्ञान प्रर्दशनीसमेत गरिने बताइएको छ ।
वार्षिकोत्सवलाई व्यवस्थित गर्न विद्यालयले शिक्षक कर्मचारी संलग्न विभिन्न १३ वटा उपसमिति गठन गरेको छ । गठित उपसमितिले आफ्नो कार्यलाई तिब्रता दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले जानकारी दिए । विद्यालयले २२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भइदिन आग्रह गरेको छ ।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९