नौ जनालाई ह्विलचियर प्रदान

आदर्श समाज सम्वाददाता
पौष १६, २०७५

पोखरा, १५ पुस।लायन्स क्लबद्वारा नौ जना अपाङ्गता भएकालाई ह्विलचियर प्रदान गरिएको छ। मस्तिष्क पक्षघात भै अपाङ्गता भएका आठ जना बालबालिकालाई शनिवार आठ थान ह्विलचियर प्रदान गरिएको छ।

लायन्स क्लव इन्टरनेश्नल डिष्ट्रिक ३२५ वी १ नेपाल रिजन १३ को आयोजनामा भएको कार्यक्रममा पोखराको मियाँपाटनमा रहेका अशक्त बालबालिकालाई ह्विलचियर प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर अशोक श्रेष्ठले यस वर्षको डिष्ट्रिकको आह्वान बमोजीम दिएर बाचौ भन्ने नारालाई कार्यक्रमले सार्थकता प्रदान गरेको बताए।

कार्यक्रममा पास्ट डिष्ट्रिक गभर्नर एवम् एफ डब्लु सि मल्टिपल कोर्डिनेटर ध्रुव्र थापाले वास्तविक आश्यकता भएका अति असहाय समुदायमा गरिएको यो सेवाकार्य अनुकरणीय भएको धारणा राखे। रिजन १३ जोन २६ र २७ अन्तरगतका आठ वटा क्लवको संयुक्त सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक रिजन चियर पर्सन डी.आर. पोखरेलले जनाए।

लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउन, पिस चौतारी, दृष्टि गण्डकी, पिस सिभीक, माउन्टेन सिटी, युनिक चौतारी, कालिका भ्यू टाउन र राइजिङ स्टार गरी आठ वटा क्लवको सयुक्त पदस्थापन कार्यक्रमबाट बचत रकममा सबै क्लवबाट थप गरी करिव ७० हजार बराबरको ह्विलचियर वितरण गरिएको जनाइएको छ।

रिजन चियरप्रसन डि.आर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा डिपार्टमेन्ट चिफ सोनाम साङ्पो, जोन चियर पर्सनद्वय पवित्रराज तिवारी र डोलबहादुर थापा, मस्तिष्क पक्षघात संरक्षक समूहका उपाध्यक्ष वन्दना केसी, सहभागी बविता गुरुङलगायतले बोलेका थिए।

यसैगरी, लायन्स क्लब अफ पोखरा माउन्टेन भ्यू सिटीले आइतबार अपाङ्गता भएकालाई व्हिल चेयर सहयोग गरेको छ ।

क्लबले पोखरा महानगरपालिका वडा नं २५ हेमजामा बस्दै आएका अपाङ्गता भएका नरबहादुर विश्वकर्मालाई व्हिल चेयर सहयोग गरेको हो ।

लायन्स क्लब ३२५ बी वानका डिष्टिक गभर्नर अशोककुमार श्रेष्ठ, रिजन चेयर पर्सन शिवकुमार श्रेष्ठ र क्लबका अध्यक्ष टिकाराम सुवेदी (माधव) ले उनलाई व्हिल चेयर हस्तान्तरण गरेका थिए । विश्वकर्माको दैनिकीलाई सहज बनाउनका लागि व्हिल चेयर प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै गभर्नर श्रेष्ठले जसलाई जे आवश्यक छ, त्यसलाई त्यही सहयोग गर्नुपर्नेमा जोड दिए । उनले सेवा र सामाजिक कार्यबाट सन्तुष्टि मिल्ने उल्लेख गरे।

क्लबका जोन चेयर पर्सन दिपकराज घिमिरेले क्लबले छोटो समयमा नै उत्कृष्ट काम गरिरहेको बताए। लायन्स क्लब अफ पोखरा माउन्टेन भ्यू सिटीका अध्यक्ष टिकाराम सुवेदी (माधव) को अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक छविलाल गौतमले स्वागत र सचिव माधव तिमिल्सिनाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • हर्पनकोट माविमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८०
    हेमजा । पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले विद्यार्थीले गर्ने अतिरिक्त क्रियाकलापको पनि मूल्यांकन हुनुपर्ने बताएका छन् । पोखरा २३ स्थित…
  • फेवातालमा एक युवक मृत फेला, २ दिनसम्म भएन पहिचान

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । पोखराको फेवातालमा एक युवक मृत फेला परेका छन् । अन्दाजी ४५ वर्षीय ती पुरुषको पहिचान खुल्न सकेको छैन…
  • सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा विकास तथा समन्वय इकाइमा लगातार धर्ना जारी राखेको छ । परिषद् कास्कीले पनि पोखराको…
  • कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । पत्रकार कृष्णमणि बरालले वातावरण पत्रकारिता पुरस्कार–२०२२ पाउने भएका छन् । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण…
  • रास्वपा पोखरा २६ गठन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा २६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले वैकुण्ठ बरालको अध्यक्षतामा तदर्थ वडा समिति गठन गरेको छ ।…

hero news full width

Recent Posts

भर्खरै