पोखरा, १४ पुस। प्रसिद्ध तीर्थस्थल तनहुँ देवघाटधाममा माघ २२ देखि फागुन १ गतेसम्म विराट ज्ञानमहायज्ञ हुने भएको छ।
देवघाटधामस्थित महेश संस्कृत गुरुकुलको रजत वर्ष महोत्सव अवसरमा महायज्ञ गर्न लागिएको पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरिले जानकारी दिए।
महेश सन्यास आश्रम र उक्त गुरुकुलका संस्थापक ब्रह्मलीन १००८ डा स्वामी रामानन्द गिरिजीको स्मृतिमा महामहोत्सवको रुपमा महायज्ञको तयारी थालिएको बताइएको छ।
आयोजकका अनुसार देवघाटधामको धार्मिक एवं सांस्कृतिक महत्वको प्रचारप्रसार, वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण सम्बद्र्धनका लागि अक्षय श्रद्धाराशि संकलनार्थ महायज्ञ गर्ने उद्देश्य रहेको छ।
प्राचीन वैदिक यज्ञीय पद्धतिको प्रशिक्षण प्रचार–प्रसार, समाजमा आध्यात्मिक चेतनाको पुनर्जागरण र गुरुकुल शिक्षाको सुदृढिकरणका निम्ति ज्ञान महायज्ञ गरिने स्वामी महाराजजीले उल्लेख गरे।
श्रीमद्भागवत महापुराण, महारुद्राभिषेक (उखुको रसद्वारा), चतुवेर्द पाठ–पारायण, ब्रह्मागायत्री लक्षहवन, अष्टाचलसहित धान्याञ्चल दान, पितृउद्धार अनुष्ठान, सतचण्डी अनुष्ठान, कोटीद्वीप प्रज्ज्वलन लगायत महायज्ञमा अनुष्ठानहरु हुने स्वामी महाराजजीको भनाइ थियो।
स्वामी महाराजजीले माघ गुप्त नवरात्रको अवसरमा यज्ञ संचालन हुने भएकाले श्रद्धालुलाई माघस्नान एवं विशेष आराधना गर्ने अवसर प्राप्त हुने बताए। नेपालमै पहिलोपटक उखुको रसद्वारा महारुद्राभिषेक गरिने कार्यक्रममा सहभागी सबैको भौतिक एवं आध्यात्मिक सम्पत्ति वृद्धि हुने विश्वास लिइएको छ।
महायज्ञको पूर्वसन्ध्यामा देवघाटधामस्थित मगर, गुरुङलगायतको जातजातिका सामूहिक सांस्कृतिक महोत्सव एवं शोभायात्रा गर्ने कार्यक्रम छ।
यज्ञ अवधिमा विशाल गुरुकुल शिक्षण भवन, गुरुस्मृति मन्दिर एवं सन्तसेवा आश्रमको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको स्वामी महाराजजीले जानकारी दिए। यज्ञको पूर्णाहूतिपछि सबै यजमानहरुलाई सामूहिक अवभृथ स्नान गराइने कार्यक्रम रहेको महाराजजीले उल्लेख गरे।
महायज्ञ संचालनका लागि स्वामी रमणानन्द गिरि महाराजको अध्यक्षतामा १००८ सदस्यीय महायज्ञ आयोजक मूल समिति गठन गरिएको छ।
करिब दर्जनभन्दा बढी जिल्लामा विभिन्न जिल्लामा जिल्लास्तरीय र नगरस्तरीय सहयोग समिति गठन गरिएको स्वामी महाराजजीले जनाए।
महायज्ञ अवधिमा १ हजार ५ सय अतिथिलाई रात्रिविश्रामको प्रबन्ध गरिएको स्वामी महाराजजीले बताए।
महायज्ञबाट करिब १० करोड संकलन गर्ने लक्ष्य रहेको उनले बताए। महायज्ञमा डेढ करोड खर्च हुने स्वामी महाराजजीले जनाए। महेश संस्कृत गुरुकुललाई नेपालकै नमूना संस्कृत शिक्षा केन्द्रको रुपमा संचालन गर्न बाँकी रकम गुरुकुलको अक्षयकोषमा राखिने उनको भनाइ थियो।
Related News
सम्बन्धित समाचार
रेशम चौधरीसहित ५०१ लाई आम माफी
प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा
भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
व्यवस्थित बन्दै बागलुङको पुरानो सदरमुकाम ‘हरिचौर बजार’
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०