लेखापढी कानून व्यवसायीमा खडानन्द

आदर्श समाज सम्वाददाता
पौष १५, २०७५
lekha_Fotor

पोखरा, १४ पुस। नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनको शनिबार सम्पन्न सातौ अधिवेशनले खडानन्द लामिछानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको छ।

३ वषे कार्यकालका लागि उपाध्यक्ष विष्णुबहादुर थापा, सचिव जयलाल अधिकारी, कोषाध्यक्ष ऋषिराज आचार्य, सहसचिव महेश्वर सुवेदी र सहकोषाध्यक्ष लक्ष्मी सुवेदी चयन भए।

सदस्यमा दानबहादुर गुरुङ, शर्मिला थापा गुरुङ, पूर्णबहादुर पोखरेल, नीराजन अधिकारी, खगेन्द्र गिरी, कृष्णप्रसाद सुवेदी (पण्डित) र राजकुमार अधिकारी छन्। ठाकुरप्रसाद अधिकारी संयोजक रहेको निर्वाचन समिति सदस्यमा गंगाराम तिमिल्सिना र शिवराज पौडेल थिए।

निर्वाचन समितिले शनिबार नै नयाँ कार्यसमिति पदस्थापन गराउँदै शपथसहित प्रमाणपत्र प्रदान गरेको थियो।

एशोसिएनकै इतिहासमा पहिलो पटक सर्वसम्मत कार्यसमिति चयन भएको निवर्तमान अध्यक्ष अम्बरबहादुर कार्की (अनिल) ले जानकारी दिए।

अधिवेशन समारोह उद्घाटन गर्दै एशोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालले मुलुकमा नीतिगत भ्रष्टाचार अन्त्य गरिनुपर्नेमा जोड दिए। उनले लेखापढी व्यवसायी बिलौलिया भन्ने मन्त्री पद्मा अर्यालको आरोपप्रति उनले कडा रुपमा टिप्पणी समेत गरे।

स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष कृष्ण थापाले व्यवसायीले पेसागत दक्षतामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा एशोसिएसनका केन्द्रीय सल्लाहकार संयोजक रामप्रसाद अधिकारी, केन्द्रीय उपाध्यक्ष एवं गण्डकी संयोजक मायादेवी सोती, एशोसिएसन कास्की पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य हरिप्रसाद शर्मा, गण्डकी प्रदेश सचिव सरोज देवकोटा, केन्द्रीय अनुगमन सदस्य बिमलबहादुर कार्की, केन्द्रीय प्रचार संयोजक मुक्तिनाथ न्यौपाने, पूर्व केन्द्रीय सदस्य यदुनाथ अधिकारी, कास्की जिल्ला बार अध्यक्ष मुक्तिनाथ सापकोटा, मालपोत कार्यालयका पूर्व अधिकृत ऋषिराम लामिछाने, एशोसिएसन धादिङ अध्यक्ष भोजबहादुर परियार लगायतले लेखापढी कानून व्यवसायीको हकहितको पक्षमा बोलेका थिए।

अध्यक्षको आसनबाट एशोसिएसन कास्की अध्यक्ष अम्बरबहादुर कार्की (अनिल) ले व्यवसायीहरु मिलेर जानुको विकल्प नभएको बताए । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गरे ।

उनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ठाकुरप्रसाद अधिकारी र संचालन सचिव खडानन्द लामिछानेले गरेका थिए।

यसैबीच, पत्रकारितामार्फत एशोसिएसनको हकहितमा योगदान पुर्याएकोमा आदर्श समाज दैनिकका सहायक सम्पादक विजय नेपाललाई सम्मान गरिएको थियो।

एशोसिएसनका केन्द्रीय अध्यक्ष दाहाल र जिल्ला अध्यक्ष कार्कीले पत्रकार नेपाललाई दोसल्ला ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

एशोसिएसनमा हाल २ सय ७६ सदस्य रहेको सदस्य विष्णुप्रसाद पौडेलले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…
  • नेरेसो उपशाखा ८ को सभा

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखाका १६ औं वार्षिक साधारण सभा भएको छ । सभाको उद्घाटन गर्दै जनप्रिय क्याम्पस…
  • रैथाने अन्नबाली खान जोड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । ताओ एसोसिएसन पोखराले दीर्घरोग र यसको व्यवस्थापनमा रैथाने अन्नबालीको उपयोगबारे अन्तक्र्रिया गरेको छ । कार्यक्रममा डा. सुधाश्री अधिकारी…
  • कालिका क्याम्पस अध्यक्षमा किरण केसी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । कालिका बहुमुखी क्याम्पस, पोखरा–१४ काजीपोखरीको संचालक समिति अध्यक्षमा किरण केसी निर्वाचित भएका छन् । युवा व्यवसायी केसी यसअघि…

hero news full width