गण्डकी ट्रक व्यवसायी संघको रक्तदान

आदर्श समाज सम्वाददाता
पौष १५, २०७५
Gandaki Truck Blood Donation

पोखरा, १४ पुस। गण्डकी ट्रक व्यवसायी संघले आयोजना गरेको खुला रक्तदानमा १६ युनिट रगत संकलन भएको छ।

संघको ३८ औं वार्षिकोत्सव आयोजित कार्यक्रमको प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष तेजनारायण तिमिल्सिनाले पहिलो रक्तदाता कार्यसमिति सदस्य नेत्रबहादुर खत्री ‘राजन’ लाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए।

तिमिल्सनाले रक्तदानलगायत सामाजिक उत्तरदायित्वका कार्यलाई संघले निरन्तरता दिन आग्रह गरे। संघसंस्थाले आफ्नो अधिकारको मात्र कुरा नगरी सामाजिक उत्तरदायित्वसमेत पूरा गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रवीन्द्र गिरी, पूर्व अध्यक्षहरु हरिप्रसाद खनाल र गोपालप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

संघका अध्यक्ष कृष्णहरि जिसीको अध्यक्षतामा भएको कार्यक्रममा रक्तदान कार्यक्रम उपसमिति संयोजक अनिलबिक्रम खाँडले स्वागत र महासचिव विष्णुमणि बरालले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पशु प्रजनन् तालिम

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    पोखरा । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) ले स्वरोजगारका लागि युवालाई पशु प्रजनन् तथा कृत्रिम गर्भाधान तालिम दिएको…
  • मगर सांस्कृतिक संघमा सरिता

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    पोखरा । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सरिता सारू मगर पुनःनिर्वाचित भएकी छन् । अधिवेशनबाट उपाध्यक्षमा…
  • पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    पोखरा । पोखरा महानगरपालिका शिक्षा महाशाखाद्वारा आयोजित विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिताको दोस्रो चरण जनप्रिय माविमा सम्पन्न भएको छ । प्रतियोगितामा…
  • हेमजामा असारे रोपाइँ महोत्सव

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    हेमजा । मानो खाएर मुरी उब्जाउने महिना हो, असार । त्यसैले अचेल कृषक धानखेती लगाउन बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त हुने…
  • सिर्जनामा विविध क्रियाकलाप

    आदर्श समाज सम्वाददाता असार १५, २०७९
    पोखरा । सिर्जना आवासीय माविमा अतिरिक्त क्रियाकलापअन्तर्गत शुक्रबार युवा रेडक्रस सर्कल सिर्जना आवासीय माविको व्यवस्थापनमा पूर्व प्रावि तहदेखि कक्षा १०…

hero news full width