पोखरा, १२ पुस । तमु प्ये ल्हु संघको आयोजनामा पोखरामा विहीवार बृहत् तमु फो ल्होसार महोत्सव–२०७५ शुरु भएको छ।
अमरसिंहचौरमा आयोजित महोत्सव उद्घाटन गर्दै नेकपा स्थायी समिति सदस्य एवं संसदीय दलका प्रमुख सचेतक देवप्रसाद तमुले सबै जातजातिको भाषा, धर्म, संस्कृतिका बीच बृहत्तर एकताको खाँचो औंल्याए। सबै जातजाति र भाषाभाषीबीच एकता भए मात्र राष्ट्रिय स्वाधीनता बलियो बनाउन सकिने तर्क गर्दै नेता गुरुङले शान्ति र स्थिरता कायम गरेर देशलाई विकासको यात्रामा अघि बढाउनुपर्नेमा जोड दिए।
उनले सबै जाति, भाषा, धर्म र संस्कृतिलाई एकताबद्ध बनाएर लोकतन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए। मुलुकको विकास र समृद्धि भएमात्र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिने बताउँदै उनले सबै जाति, भाषा, धर्म, संस्कृतिको समान ढंगले विकास गर्न जरुरी रहेको उल्लेख गरे।
प्रदेश सांसद मनबहादुर गुरुङले तमुलगायत आदिवासी जनजाति समुदायको भाषा, धर्म, संस्कृतिको विकासका लागि आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय उपाध्यक्ष ले. यमबहादुर तमुले तमु समुदायको ल्होसार पर्वमा बिदा कटौती गरिएकोप्रति आक्रोश व्यक्त गरे ।
कार्यक्रममा केन्द्रीय पच्यु समिति अध्यक्ष कुलप्रसाद क्रोम्छे तमु, पोखरा २९ का वडाध्यक्ष चेतबहादुर ल्हेंगे तमु, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म तमु, गुरुङ साहित्यिक मञ्च, नेपालकी अध्यक्ष गौरी तमुस्यो लगायतले तमु जातिको भाषा, धर्म, संस्कृतिको विकासका लागि राज्यले विशेष सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा तमु प्ये ल्हु संघका विभिन्न भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने सहयोगदातालाई प्रशंसापत्र प्रदान गरिएको थियो।
सो अवसरमा केन्द्रीय युवा समिति तथा विभिन्न जिल्ला शाखाका कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए। तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यसमितिका अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव शान्ति पर्जु तमुस्यो र सचिव बुद्धि च्हम्रु तमु एवं प्रथम उपाध्यक्ष आइबहादुर ल्हेंगे तमुले स्वागत गरेका थिए । खि ल्हो (कुकुर वर्ग)को बिदाइ तथा फो ल्हो (मृग वर्ग)को आगमन अवसरमा आयोजित महोत्सवको उद्घाटन अघि रानीपौवाबाट झाँकीसहितको र्याली निकालिएको थियो । महोत्सवमा पूर्वका तेह्रथुम, पाँचथर, ताप्लेजुङ, पश्चिमका रोल्पा, दाङ, बाँके, बर्दिया, कञ्चनपुरलगायतका जिल्ला शाखाबाट समेत सहभागिता छ। पुस १६ सम्म सञ्चालन हुने महोत्सवको उद्घाटन अमरसिंहचौरमा भए पनि शुक्रबारदेखि रानीपौवा, शक्तिघाटस्थित तमु प्ये ल्हु संघ, फ–लि–ना क्होंइबो धिं परिसरमा महोत्सवका बाँकी कार्यक्रम सञ्चालन हुने प्रचारप्रसार संयोजक बुद्धि च्हम्रु तमुले जानकारी दिए। महोत्सवमा विभिन्न विषयमा प्रवचन, साहित्यिक रचना वाचन, लोक तथा दोहोरी गीत, कलाकारको प्रस्तुति, वृत्तचित्र प्रदर्शनी, सम्मान कार्यक्रम, रुपा लगाउने कार्यक्रम, बोन फायर, थासो, छ्योपा, छैकु ह्योंखु, खेलकुद लगायत कार्यक्रम हुनेछन् ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०