पोखरा, १२ पुस । प्रदेश चुनाव जितेको झण्डै १ वर्षपछि गुण्डानाइके राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथका लागि निवेदन दिएका छन्।
अघिल्लो साता सवोर्च्च अदालतको आदेशमा थुनामुक्त भएका उनले प्रतिनिधिमार्फर्त विहीवार गण्डकी प्रदेशसभामा निवेदन बुझाएका प्रदेशसभाका सचिव शम्भुबहादुर खड्काले जानकारी दिए। ‘वहाँ आफै आउनुभएको होइन। प्रतिनिधिले निवेदन दिनुभएको छ,’ खड्काले भने, ‘प्राप्त निवेदन सचिवालयमा दर्ता गरेका छौं ।’
शपथ नलिएसम्म उनी सांसद हुन पाउँदैनन्। उनको निवेदन प्रदेशसभा सचिवालयमा दर्ता भएको छ।
यद्यपि प्रक्रिया भने कानून अनुसार नै अघि बढ्ने सभामुख नेत्रनाथ अधिकारीले बताए। ‘उनी थुनामुक्त मात्र भएका हुन्, शपथग्रहण गर्न पाउने नपाउने विषय कानूनले टुंग्याउँछ,’ उनले भने, ‘कानूनका ज्ञातासँग पनि छलफल गर्छौ।’ उनले मुख्य न्यायाधीवक्ता र अन्य कानूनी व्यक्तिसँग पनि छलफल गरिरहेका छन्। मनाङे प्रदेशसभामा पुगे नपुगेको चाहीँ कसैले पनि पुष्टि गर्न सकेन।
यसबारे प्रदेशसभाले नै निर्णय गर्ने गण्डकीका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले बताए । सम्बन्धित व्यक्तिले प्रदेशसभामा सम्पर्क गर्नुहुन्छ। प्राप्त निवेदनका आधारमा आवश्यक छलफल गरेर प्रदेशसभाले नै टुंग्याउने हो,’ उनले भने, ‘कानूनी व्यवस्था हेरेर नै निर्णय गर्नुहोला।’ गत वर्ष मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा उनले मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन्।
निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले मुद्दा फैसला नभएसम्म शपथ लिन नमिल्ने बताएका छन्।
गण्डकी प्रदेशको प्रदेशसभा नियमावली अनुसार बिनाजानकारी लगातार १० बैठकमा उपस्थित नहुने प्रदेशसभा सदस्यको पद खारेज हुने व्यवस्था छ। तर, प्रदेशसभामा शपथ नलिएका कारण मनाङेको पद भने गएको छैन। तत्कालीन एमालेबाट चुनाव लड्न खोजे पनि उनको छविका कारण टिकट दिएन। पछि उनकै लागि ठाउँ खालि गरिदिन एमालेले आफ्नो उम्मेदवारलाई फिर्ता बोलाएको थियो।
डनको छवि बनाएका मनाङे प्रदेशसभा छिर्नुअगावै गत वैशाखमा ज्यान मार्ने उद्योगअन्तर्गत कारागार चलान भएका थिए। विहीवार मनाङे पोखरा आएर मन्त्रीहरु र विभिन्न व्यक्तिसँग भेटघाट गरेका छन्।
Related News
सम्बन्धित समाचार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९