पोखरा फाइनान्सको सञ्चालकमा तिमिल्सिना

आदर्श समाज सम्वाददाता
पौष १३, २०७५
bishnu hari timilsina

पोखरा, १२ पुस।राष्ट्रसेवामा लामो समय रहेका विष्णुहरि तिमिल्सिना पोखरा फाइनान्सको सञ्चालक पदमा नियुक्त भएका छन्।

पोखरा फाइनान्स लिमिटेडको शुक्रवार बसेको बैठकले तिमिल्सिनालाई चार वर्षका लागि उक्त पदमा स्वतन्त्र व्यावसायिक सञ्चालकका रूपमा नियुक्त गरेको हो।

साविक लेखनाथ नगरपालिका –११ वेगनास र हाल पोखरा–८ सिमलचौर निवासी तिमिल्सिना नेपाल सरकारमा ३४ वर्ष सेवा गरी हालै निवृत्त भएका थिए।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका तिमिल्सिना सेवा निवृत्त अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक प्रशासन प्रमुख थिए।

यसैगरी, पोखरा फाइनान्सको सञ्चालक पदमा वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङ पनि नियुक्त भएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width