माछापुच्छ्रे भेट्रान्स टेनिस

आदर्श समाज सम्वाददाता
पौष १३, २०७५
tennis_Fotor

पोखरा, १२ पुस । पोखरेली भेट्रान्स राजु गुरुङ र राजु श्रेष्ठको जोडी १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिसको सेमिफाइनल प्रवेश गरेको छ।

राजेन्द्रसिंह भण्डारी र करिमुल्ला मुस्लिमको जोडीमाथि ७–५, ५–७ र सुपरटाईमा १०–६ को कठिन नजिता निकाल्दै सो जोडी अन्तिम ४ मा पुगेको हो ।

सोही उमेर समूहका अन्य खेलमा जबमु शेर्पा र नरेन्द्र सिंहको जोडीले छ्याम्बा ढुन्डुप र ड्युनम लामाको जोडीलाई ६–१, ६–३ ले पराजित गर्यो।

५५ वर्षमाथि एकलतर्फ प्रदीप शाहले करिमुल्ला मुस्लिमलाई ६–०, ६–२, अनिल तुलाचनले नरेन्द्र सिंहलाई ६–३, ६–० ले, राजकुमार गुरुङले छ्याम्बा ढुण्डुपलाई ६–३, ६–२ र समिर शेरचनले विष्णुप्रसाद गैहे्रलाई ७–५, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे।

३५ वर्षमाथि एकलमा छेवाङ लामाले गोपीबहादुर भट्टराईलाई ६–०, ६–१, महेश श्रेष्ठले नीरज थापालाई ६–४, ६–०, राजु श्रेष्ठले नवीन श्रेष्ठलाई ६–०, ६–२ ले पराजित गरे।

३५ वर्षमाथि डबल्समा कमल भण्डारी र सिमान्त गुरुङको जोडीले राजु श्रेष्ठ र छेवाङ लामाको जोडीलाई ६–०, ६–३, महेश श्रेष्ठ र राजु क्षेत्रीको जोडीले गोपीबहादुर भट्टराई र शरण गुरुङ जोडीलाई ६–२,७–५ पराजित गर्यो।

६५ वर्षमाथि एकलमा मे. लक्ष्मीप्रसाद गुरुङले क्षेतन नोकेर्लमाथि २–४, ४–२ र सुपरटाईमा १२–१० को संघर्षपूर्ण जित निकालेको प्रतियोगिता संयोजक कुमार अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

  • बाघचालमा नवीन प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लमजुङ । सुन्दरबजार–१० स्थित कानेस्वाँरामा आयोजित बाघचाल प्रतियोगितामा नवीन बास्तोला प्रथम भएका छन् । दुरा सेवा समाज धुसेनी इकाइको आयोजनामा…
  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…
  • रेवान कप टेनिस सुरु

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    पोखरा । पोखरामा बुधबारदेखि तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट…
  • नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता…

hero news full width