पोखरा, १२ पुस। पोखरामा १२५ सीसीको सुजुकी बर्गम्यान स्ट्रिट स्कूटी बिक्री शुरु गरिएको छ।
सुजुकी टु ह्वीलर्सको आधिकारिक विक्रेता हिमालय अटो वल्र्ड पोखराले बुधबार सो स्कुटी बिक्री शुरु गरेको हो। पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसन अध्यक्ष चन्द्रबहादुर कुँवरले स्कूटी लञ्चिङ गरे।कुँवरले स्कुटीको बिक्रीमात्र नभई सर्वसुलभ रुपमा गुणस्तरीय सर्भिसिङ र स्पेयर पार्ट्स उपलब्ध गराउन आग्रह गरे। उनले पोखरामा ८० प्रतिशत स्कूटी र बाँकी २० प्रतिशत मोटरसाइकल बिक्री हुने जानकारी दिए ।
सुजुकीको बर्गम्यान स्ट्रिट–१२५ सीसीको स्कूटी हालसम्म नेपालमा उपलब्ध स्कुटीहरुमध्ये सबैभन्दा आकर्षक र सुविधाजना रहेको हिमालय अटो वल्र्ड पोखराले दाबी गरेको छ।
म्याक्सी स्कुटी १४ इञ्चको ट्युबलेस टायर, ७५०० आरपीएम ८.७ बीएचपीको शक्ति प्रदान गर्ने क्षमता रहेको छ । सो स्कूटीमा १२४.३ सीसीको शक्तिशाली इञ्जिन जडान गरिएको भीजी माकेर्टिङ सेल्स मेनेजर नवराज कोइरालाले जनाए। जसको मूल्य २ लाख २९ हजार ९ सय छ ।
हिमालय अटो वल्र्डका सभापति ध्रुव थापाले १२५ सीसीको स्कूटरमध्ये सुजुकीको यस बर्गम्यान स्कूटी बेञ्चमार्कको रुपमा स्थापित हुने बताए।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली लगायतले बोलेका थिए। हिमालय अटो वल्र्ड सञ्चालक मिलन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभापति ध्रुव थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
बजेटमा निजी क्षेत्रको असन्तुष्टी
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९