पोखरा, १० पुस। नेकपा नेता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि पार्टीको लक्ष्य रहेको बताएका छन्। समृद्धिको लक्ष्य हासिल गर्न पार्टीको पहलकदमी सकारात्मक ढंगले अगाडि बढेको श्रेष्ठको दाबी छ।
‘जनताको अपेक्षा निश्चय नै ठूलो छ’ प्रेस संगठन नेपाल, कास्कीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अपेक्षाहरुलाई ९ महिनाको समयमा पूरा गर्ने स्थिति पनि होइन। अहिले नै सबै कुरा भएन भनेर टीका–टिप्पणी गर्नु उपयुक्त हुँदैन। हाम्रो काम कारबाही अझ प्रभावकारी बनाएर समृद्धिको लक्ष्यतर्फ हसिल गर्न अझ तीव्रताका साथ जानुपर्छ भन्ने कुरालाई हामीहरुले गम्भीरतापूर्वक लिएका छौं।’
नेता श्रेष्ठले भने, ‘अहिले नै सरकारप्रति नकारात्मक ढंगले सोच्नु र निराशा भई हाल्नुपर्ने स्थिति छैन।’
उनले पार्टीको स्थायी कमिटि बैठकले सरकारको कामलाई समीक्षा गर्ने बताए। ‘सरकारले गरेको सकारात्मक कामको आत्मसाथ र प्रचारप्रसार गनेर्छौं। सरकारलाई अझ परिणाममुखी र प्रभावकारी बनाउन नयाँ कार्ययोजनासहितको ठोस नीति निर्माण गर्दै नयाँ स्पीरिटका साथ अघि बढ्ने संकल्प गरेका छौं।’
उनले नेकपाको स्थायी कमिटि बैठकमा मूलतः दुई कुरा केन्द्रमा राखेर स्थायी कमिटिको बैठक जरी रहेको उल्लेख गरे। ‘पार्टीको सांगठनिक एकीकरणको बाँकी कार्यभारलाई यथाशीघ्र उर्जा प्रदान गरेर पार्टीलाई एकताबद्ध, सुदृढ र शक्तिशाली बनाउने लक्ष छ,’ श्रेष्ठले भने, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारलाई पूर्ण रुपमा सफल बनाउने हो।’
उनलेे पार्टी अध्यक्षद्वय ओली र दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको जानकारी दिए। बुधबार अध्यक्षहरुबाट जवाफ र स्पष्टिकरण दिएपछि प्रतिवेदनलाई निष्कर्षमा पुर्याउने कार्यक्रम रहेको श्रेष्ठको भनाइ थियो।
उनले हालैमात्र सम्पन्न अन्तरप्रदेश समन्वय समितिको बैठकले संघीयताको कार्यान्वयनलाई अघि बढाउने ठोस निर्णय गरेको दाबी गरे। श्रेष्ठले पार्टी एकीकरणका कुराले सांगाठनिक काम कारबाही र गतिविधिमा प्रभाव पारेको स्वीकारे । पत्रकारको जिज्ञासामा श्रेष्ठले पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ता कोही कसैले राज्यबाट दोहोरो सुविधा लिएको प्रमाणित भएमा पार्टीले गम्भीरतापूर्वक लिने बताए ।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
बसपार्क हस्तान्तरण
महिला उद्यमीले सिकायो च्याउ खेती
आँखा शिविरमा २१५ को परीक्षण
hero news full width
मुख्य समाचार
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९