ल्होछारलाई राष्ट्रिय चाड मान्यता दिन माग

आदर्श समाज सम्वाददाता
पौष ११, २०७५
lhosar

लमजुङ, १० पुस। तमु ह्योंला छोंज धिं गुरुङ राष्ट्रिय परिषद्, जिल्ला समितिले ल्होछारलाई राष्ट्रिय चाड मान्यता दिई मुलुकभर सार्वजनिक बिदा दिनुपर्ने माग गरेको छ।  समितिले कालो व्यानरमा सोमबार पत्रकार सम्मेलन गरी त्यस्तो माग गरेको हो।

परिषद्का केन्द्रीय महासचिव मेन घलेले राज्यले विभेदको व्यवहार त्याग्नुपर्ने र सबै नागरिक, जाति, धर्म र सम्प्रदायलाई समान व्यवहार गर्नुपर्ने बताए। उनले धर्मसम्प्रदायको पर्वमा कसैलाई बिदा दिने र कसैलाई नदिने गर्नु विभेद हो भने।

परिषद्का केन्द्रीय सदस्य खेमजंग गुरुङले आफ्नो जातिको मूल धर्म बोन र पहिचानको धर्म बौद्धिष्ट भएकोप्रति कुनै गुरुङले द्विविधा मान्नु पर्ने अवस्था छैन, त्यसका कसैको विमति छ भने उसमा अध्ययनको कमी हो भने ।परिषद् जिल्ला उपाध्यक्ष राजबहादुर गुरुङले गुरुङ भाषा संकटमा परेकातर्फ त्यसतर्फ ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा तमु ह्योंला छोंज धिं गुरुङ राष्ट्रिय परिषद् जिल्ला अध्यक्ष ठाकुरप्रसाद गुरुङले पुस १० गतेदेखि १५ गतेसम्म बिरोध कार्यक्रमको घोषणा गर्दै माग पूरा नभएसम्म सबै कार्यक्रम कालो व्यानरमा गर्ने र ११ गते जिल्ला प्रशासन कार्यालयमा १ घण्टा घेराउ गर्ने बताए।

परिषद् जिल्ला अध्यक्ष ठाकुरप्रसाद गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन परिषद् सहसचिव गणेश गुरुङले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • ‘जंगल जंगल डुल्नुपर्छ भन्ने चिन्ताले नर्सिङ’

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूतिअन्तर्गतको नयाँ शृंखलामा मंगलबार साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत ग¥यो ।…
  • दलले गुमाए मत

    प्रकाश ढकाल मंसिर १५, २०७९
    पोखरा । पहिलो पार्टी बन्ने तरखरमा रहेको नेपाली कांग्रेस र बलियो पहिलो पार्टीबाट दोस्रोमा खस्किन लागेको एमालेसहित परम्परागत अधिकांश दलको…
  • कास्कीमा ५ प्रतिशत मत बदर

    रासस मंसिर १४, २०७९
    पोखरा ।कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको…
  • डुम्रे–बेंसीसहर सडक बन्द

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०७९
    लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरसँग जोडिएको एकमात्र सडक फेरि एक साताका लागि बन्द गरिएको छ । साढे ५ महिनापछि खुलेको…
  • पोखरालाई विश्वसँग जोड्दै विमानस्थल   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    काठमाडौं ।  पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले…

hero news full width