पोखरा, १० पुस। क्षत्री समाज नेपाल पोखरा महानगरपालिका वडा ८ को तेस्रो साधारणसभा तथा अधिवेशनले वीरबहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा धीरज थापा, सचिवमा पवित्रा केसी, कोषाध्यक्षमा राधिका थापा, सहसचिवमा मैया केसी छन्। सदस्यमा सुजन थापा, रामराजा थापा, रामबहादुर केसी, तारा केसी, विष्णु केसी, वीरबहादुर गोदार, निर्मला घिमिरे र अम्मर कार्की छन्।
त्यस्तै महिला समितिको अध्यक्षमा राधा थापा, उपाध्यक्षमा विष्णु केसी, सचिवमा कृष्ण थापा, कोषाध्यक्षमा रेणु थापा, सहसचिवमा कल्पना थापा र सदस्यमा ममता केसी, सावित्री थापा, विमला अधिकारी र इना कार्की छन्।
समितिको सल्लाहकारमा प्रेमबहादुर जिसी, कृष्ण थापा, श्यामसुन्दर खड्का, गणेशबहादुर अधिकारी र गणेशबहादुर खत्री चयन भए ।यसअघि साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले क्षत्री समाजले मुलुकको समस्या समाधानका लागि भूमिका खेल्नु पर्नेमा जोड दिए।
क्षत्री समाज नेपालका पूर्व केन्द्रीय अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले क्षत्रीहरु विकृति–विसंगति अन्त्यका लागि एकजुट हुनुपर्ने बताए।
त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापालाई सम्मान गरिएको थियो। कार्यक्रममा क्षेत्री समाज कास्की अध्यक्ष पदमबहादुर कार्की, नगर अध्यक्ष रामबहादुर खड्का, सल्लाहकार श्यामसुन्दर खड्का, शारदा सुवेदी, विजयकुमार थापा, एकबहादुर कार्कीले बोलेका थिए।
क्षत्री समाज नेपाल पोखरा वडा ८ का अध्यक्ष वीरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम महिला सदस्य पवित्रा केसीले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
पोखरा १२ ले बनायो आफ्नै एप
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९