खैरेनीटार, ९ पुस । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाइको आयोजनामा सोमबार प्रथम शुक्लागण्डकी महोत्सव शुरु भएको छ ।
प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मेला महोत्सवले ग्रामीण पर्यटनको प्रबद्र्धन गर्दै गाउँवासीको आम्दानी बढाउनुपनेर्मा जोड दिए । उनले ऐतिहासिक र सांस्कृतिक स्थल संरक्षण गरेर आर्थिक समृद्धिसँग जोड्न आग्रह गर्दै प्रकृतिले दिएको सम्भावना प्रयोगमा ल्याउनुपने बताए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्त, प्रदेश सांसद आशा कोइराला, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल, तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठले बोलेका थिए।
यसैगरी, तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णराज पण्डित, खैरेनीटार बजार इकाइ सभापति पूर्णबहादुर कायस्थ, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, महेश्वर भट्टराईलगायतले सिर्जनशीलतालाई व्यवसायमा बदल्न सक्नुपने सुझाव दिए ।
पञ्चमुनिदेव माविको खेलमैदान शुक्लागण्डकी–४ दुलेगौँडामा भएको महोत्सव उद्घाटन पूर्व आमा समूह, युवा क्लब, जातीय संस्था, सामाजिक संस्थाले झाँकीसहितको र्याली निकालेका थिए ।
र्याली खैरेनीटार, बेलचौतरा, दुलेगौंडा, ढोरफिर्दी, पाटन, गाछेपानी, कवासेलगायत भागको परिक्रमा गरी महोत्सवस्थल पुगेको थियो । र्यालीमा आ–आफ्नो भेषभूषा, बाजागाजा, मौलिक संस्कृति प्रदर्शन गरिएको थियो । ध्वजापताकाले महोत्सव परिसर लगायत क्षेत्र सजाइएको छ ।
आगामी पुस १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषिजन्य उपजको प्रदर्शनी सहितका २ सय वटा स्टल राखिएका छन् ।
साथै होटल तथा रेष्टुरेन्ट, अटोमोबाईल्स, घरेलु तथा साना उद्योगबाट उत्पादित परम्परागत सामग्रीको प्रदर्शनी, वित्तीय संघसंस्था र दैनिक उपभोग्य वस्तुको खरिद बिक्रीको व्यवस्था गरिएको छ ।
महोत्सव प्रवक्ता हरि खड्काले आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवमा पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने र तीन लाख दर्शकले महोत्सव अवलोकन गने आयोजकको अपेक्षा छ ।दुलेगौंडा बजार एकाइ अध्यक्ष समेत रहेका महोत्सव संयोजक राजकुमार वाग्ले (राजु) को अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत बसन्त ज्वारचन र सञ्चालन इकाइ सचिव मदन श्रेष्ठ र सन्तोषि श्रेष्ठले संयुक्त गरेका थिए ।
लेखनाथमा एकै दिन करोड कारोबार
१५ औं लेखनाथ महोत्सवमा हालसम्म ६ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा सोमबारमात्र १ करोड रुपैयाँको कारोबार भएको छ ।
महोत्सवमा दर्शक चापसँगै कारोबारमा समेत वृद्धि भएको महोत्सवका आर्थिक संयोजक राजेन्द्र ओझाले जानकारी दिए । पुस १६ सम्म चल्ने महोत्सवमा कास्कीसहित तनहुँ, स्याङ्जा लगायत छिमेकी जिल्लाबाट समेत दर्शक आउने गरेका छन् ।
सोमबारमात्र करिब १२ हजार जना दर्शक मेलास्थलमा प्रवेश गरेको प्रचारप्रसार उपसमिति संयोजक गोपिचन्द्र बास्तोलाको दाबी छ ।
दर्शकलाई थप मनोरञ्जन दिन विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता, गण्डकी ताराका प्रतिष्पर्धीको प्रस्तुति, दोहोरी गायन, हास्य प्रहसन र साँझमा हुने पप कन्र्सट हुने गरेको छ ।
मंगलबार दोहोरीतर्फ मिलन लामा, प्रीति आले, घनश्याम रिजाल, मीरा पोख्रेल, प्रदीप त्रिपाठी, मिस्मा लामा, पप कन्सर्टमा राजेशपालय राई साथमा आरती सापकोटा र सुशील शिलवालको प्रस्तुति रहने संघ महासचिव भरतकुमार अधिकारीले जनाए ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९