पोखरा, ९ पुस। पत्रकार दुर्गा अधिकारीलाई ईन्द्रा क्षत्री स्मृति मानव मिलन नारी जागरण पुरस्कारबाट सम्मान गरिने भएको छ । पुरस्कार राशि १० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र छ ।
मानव मिलन नारी जागरण नेपालद्वारा संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतिमा स्थापित पुरस्कार प्रदानका लागि सरस्वती गुरुङ संयोजक रहेको गठित प्रतिभा छनोट समिति बैठकले अधिकारीको नाम छनोट गरेको हो । पुरस्कार छनोट समितिमा सामाजिक व्यक्तित्व निर्मला कार्की भण्डारी, परिवारतर्फबाट स्व. इन्द्राकी छोरी सुस्मिता क्षत्री, संस्थाका अध्यक्ष सविता बराल र सचिव मेनुका पोख्ररेल रहेका थिए ।
समाजमा पछाडि पारिएका वर्गको पत्रकारिता र संचारमाध्यमबाट सशक्तीकरणमा योगदान पुर्याएकोमा उनलाई पुरस्कृत गने निर्णय गरिएको जनाइएको छ । वान नेपालका महासचिव समेत रहेकी पत्रकार अधिकारी रेडियो सफलता १०३.४ मेगाहर्जकी प्रबन्ध निदेर्शक हुन् ।
मानव मिलनले स्वास्थ्य, शिक्षा र मानव सेवामा सर्मपित भएर संस्थाले विभिन्न गतिविधि गर्दै आएको छ ।
यसअघि संस्थाले एचआईभी संक्रमित लक्ष्मी अधिकारी, फुटबल प्रशिक्षक सीता गुरुङ, सृजना शर्मा, जमुना पौडेल, ब्रह्राकुमारी परिणतालाई सम्मान गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९