पोखरा, ९ पुस। पोखरामा जारी आइएमई नेपाल लिटरेचर फेस्टिभल–२०१८ मा व्यग्र प्रतीक्षाको बहस दर्शक–श्रोतामा पहिलेदेखि नै थियो ।
टेलिभिजन अन्तर्वार्तामा फरक पुस्ताका ‘आइकन’ हुन्–विजयकुमार पाण्डे र रवि लामिछाने । अघिल्लो पुस्ताका विजयकुमारले पञ्चायतकालदेखि आमदर्शक श्रोताको लागि टेलिभिजन अन्तर्वार्ता गरेर ‘दिशानिदेर्श’ दिने काम गरे । लामो समय टेलिभिजन अन्तर्वार्तामै गिनिज बुक अफ दी रेकर्डधारी रवि ‘सिधाकुरा जनतासँग’ गरेर आममानिसको मन जितेका छन् ।
फेस्टिभलको तेस्रो दिन सोमबार ‘अँध्यारो उज्यालो’ शीर्षकको सो सेसनमा कसले–कसलाई प्रश्न गर्ला भन्ने जिज्ञासा सबैको थियो । त्यसमा हावी भए रवि । रविको सिधा—सिधा प्रश्नमा विजयकुमारले समय माग्दै कतिपय सिधा, आध्यात्मिक र दार्शनिक उत्तर फर्काए । एक प्रश्नको जवाफमा भने, ‘रविजी तपाई उदाउँसो सूर्य हो, म अस्ताउँदो सूर्य । तर दुबैको रंग रातो हुन्छ ।’
कार्यक्रममा पत्रकारद्वयले पत्रकारिता, साहित्य, संगीत, बेथिति एवम् जीवन जगत्बारे छलफल गरे । राजनीतिक अव्यवस्था र नेतृत्ववर्गको गैरजिम्मेवारीपनको समेत उनीहरुले आलोचना गरे । पत्रकार विजयकुमारले राजनीतिक नेतृत्वको अहिलेको प्रवृत्तिमा कतै न कतै जनताको पनि भूमिका रहेको बताए । जीवनका अँध्यारा–उज्याला पक्षको विवेचनामात्र गरेनन्, उनीहरुले मानिसका विविध जीवनशैलीबारे पनि चर्चा गरे । श्रय–दृश्य दुवै माध्यममा इन्टरनेटमार्फत सहज पहुँच भएकोले प्रस्तुत गरिने रिपोर्ट पनि त्यस्तै खदिलो बनाउनुपने दुवैको जोड थियो । एक घण्टाको सो सेसनमा दर्शकले विभिन्न विषयमा जिज्ञासासमेत राखेका थिए ।
यसैगरी, ‘संस्मरण विस्मरण’ सेसनमा पत्रकार युवराज घिमिरे, लेखक ब्रजेश र समीक्षक अर्चना थापाले अन्तरसंवाद गरे । दीपक सापकोटाले उनीहरुको संस्मरण–विस्मरणबारे खोतल्ने प्रयास गरे । पत्रकार घिमिरेले आममानिसबाट लेखिएको बायोग्राफीबाट सबै हिरो बन्ने प्रयास गरेको हुँदा यतिधेरै हिरो हुँदासमेत देश भने किन नबनेको होला भन्ने आममानिसको भनाइ रहेको बताए ।
‘प्रजातन्त्र र पुस्तक’ सेसनमा हरि शर्मा र सिके लालसँग मानुषी यमी भट्टराईले संवाद चलाइन् । पुस्तकले कसरी प्रजातन्त्रीकरणमा मद्दत गर्छ र बजारीकरणसँग पुस्तकको कन्टेन्टको सम्बन्ध के हुन्छ भन्नेबारे चर्चा भएको थियो । ‘कविताको परिधि’ शीर्षकमा कवीन्द्रपुर समूहले प्रस्तुति दिए भने ‘प्रतिरोध’ शीर्षकको संवादमा पत्रकार बसन्त बस्नेतले पोखराका कार्टुनिष्ट वात्स्यायन, कुन्ता शर्मा र उपेन्द्र सुब्बासँग संवाद चलाए । कला, साहित्यका माध्यमबाट मानिसले सरकारलाई विकासका लागि झकझक्याइरहेको उनीहरुको भनाइ थियो । यस्तै, प्रतिभा तुलाधरले प्रज्ज्वल पराजुली, रवि थापा र प्रणय राणासँग ‘द राइटिङ जर्नी’ शीर्षकमा अन्तरसंवाद गरिन् ।
‘जर्नालिज्म अन्डर फायर’ शीर्षकमा एएस पनिरसल्भान, कनकमणि दीक्षित र सब्रिना थोप्पासँग भृकुटी राईले अन्तरसंवाद गरिन् । उनीहरुले पत्रकारिताका जोखिमका विषयमा आफ्ना अभिव्यक्ति मात्र दिएनन्, यसका विविध पक्षमाथि पनि छलफल चलाए । ‘द मेकिङ अफ अ वेस्टसेलर’ शीर्षकमा सुविन भट्टराई, नवराज पराजुली र कृष्ण धरावासीसँग पोखराकी सरिता पुरीले संवाद चलाइन् ।
पत्रकार दिलभूषण पाठकले ‘फूलको आँखा’ सेसनमा गायिका आनी छोइङ डोल्मासँग अन्तरसंवाद गरे । उक्त अवसरमा पाठकले आनीसँग जीवन र जगत्लाई हेर्ने सकारात्मक दृष्टिकोणबारे रोचक संवाद गरे । अर्चना थापा र ब्रजेशले आफूले लेखेका पुस्तकका विषयवस्तु र लेख्नुका कारण पनि प्रस्ट्याए ।
फेस्टिभल अवसरमा १५ जना मुक्तककारले प्रेम, विछोड, राजनीतिक एवम् समसामयिक विषयवस्तुमा मुक्तक बाचन गरे भने दीप श्रेष्ठ र बसन्त थापाले रमाइलो पारामा बितेका कुरा शीर्षकमा विगत सम्झे ।
Related News
सम्बन्धित समाचार
जनप्रियमा विएमटिएम स्पोर्टस् मिट
हाइकर्स क्लबको साधारणसभामा सम्मान
नेपोन गण्डकीमा सत्यराज
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
नारी स्रष्टा एक ठाउँ
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
पौष २८, २०८१