काठमाडौँ, ९ पुस । बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का अधिकांश बुँदामा सहमति जुटेको छ ।
प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा त्रिभुवन विश्वविद्यालय तथा काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन गर्न सम्बन्धन दिएका पाँचभन्दा बढी मेडिकल कलेजका विषयमा के गर्ने, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत स्वास्थ्य विषयका पठनपाठनलाई कसरी सम्बोधन गर्ने भन्ने दुई बुँदामा मात्र सहमति जुट्न नसकेको बताइन्छ । ती बुँदामा उपसमितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसित आज पनि छलफल गरेको थियो ।
समितिको सोमबारको बैठकमा समितिद्वारा गठित स्वास्थ्य तथा जनसङ्ख्या उपसमितिका संयोजक खगराज अधिकारीले चिकित्सा शिक्षा विधेयको अधिकांश बुँदामा सहमतिको टुङ्गोमा पुगेको र भाषागत शैली मात्र मिलाउन बाँकी रहेको जानकारी दिए । उनले भने, “ऐनको भाषा मिलाउने काम मात्र बाँकी रहेको छ, अब केही दिनमा टुङ्गो लाग्छ ।”
सरकारले प्राडा गोविन्द केसीसँग गरेको पछिल्लो सहमतिअनुसार २२ जना सांसदले सो ऐनमाथि संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए । सो संशोधनका बुँदालाई एकीकृत गरी समितिले चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउँदैछ । सहमति जुटेपछि सरकारले यही पुस ११ गतेदेखि शुरु हुने सङ्घीय संसद्को अधिवेशनमा सो विधेयक प्रस्तुत गर्ने तयारीसमेत गरेको छ।
उपसमितिका संयोजक अधिकारीले बैठकमा सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि, उपकरण तथा जनशक्ति व्यवस्थापनमा गरेका कामका बारेमा मन्त्री तथा सचिवसित जानकारी लिन लागेको जानकारी दिए ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिका संयोजक उमेश श्रेष्ठले गणपूरक सङ्ख्या नपुगेर हालसम्म आफ्नो उपसमितिको बैठक बस्न नसकेको बताए । उनले भने, “दुई पटक बैठक आह्वान गरौँ तर गणपूरक सङ्ख्या नै पुगेन ।”
समितिअन्तर्गत नेपाल इञ्जिनीयरिङ कलेज भक्तपुर चाँगुनारायणको अध्ययन उपसमितिका संयोजक योगेश भट्टराईले सञ्चालक समिति सदस्य बीचको विवादले कलेजको रु २५-३० करोडसम्मको अपचलन भएको देखिएको जानकारी दिए ।
सो उपसमितिले स्थलगत अध्ययन गरेको थियो । करीब दुई हजार २ सय विद्यार्थी अध्ययन गर्ने सो कलेजमा पछिल्लो समय सञ्चालक समितिका बीचमा विवाद देखिएको छ ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९