पोखरा, ८ पुस । कुँडहर समाज सेवा समितिको १५ औ साधारणसभा तथा आठौं अधिवेशनले शान्तबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दया बराल, सचिवमा अन्जना घिमिरे, कोषाध्यक्षमा कृष्णबहादुर केसी, सह-सचिवमा विक्रम रायमाझी छन् । सदस्यहरुमा नारायण पण्डित, इच्छाबहादुर वाग्ले, कमला बराल, लक्ष्मी थापा, देवकी रायमाझी र समुन्द भुजेल छन् ।
त्यसअवसरमा र्एसर्इर्इ उत्तीर्ण विद्यार्थीहरु मनिष कार्की, आकाश थापा, आयुष थापालाई सम्मान गरिएको थियो ।
यसअघि पोखरा महानगरपालिका वडा नं १२ का वडाध्यक्ष रामबहादुर कार्कीले साधारणसभा उद्घाटन गर्दै समाजका लागि आवश्यक विषयहरुमा सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १२ का सदस्य निर्मलबहादुर थापा, लाँलिगुँरास टोल विकास संस्थाका अध्यक्ष ऋषभदेव बास्तोला, कुँडहर टोलविकास संस्थाका अध्यक्ष दुर्गा भुर्तेल, कुँडहर बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विश्वबन्धु थापा, एकता क्लबका अध्यक्ष एकबहादुर केसी, भद्रकाली दिदी बहिनी समूहकी अध्यक्ष अञ्जना घिमिरे, कुँडहर बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक बृहस्पति अधिकारीले बोलेका थिए ।
कुँडहर समाज सेवा समितिका अध्यक्ष शिवबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दया बरालले स्वागत र सचिव शान्तबहादुर थापाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९