एसओएस बालग्रामको सामाजिक परीक्षण

आदर्श समाज सम्वाददाता
पौष ९, २०७५
SOS, Gandaki

पोखरा, ८ पुस।  एसओएस बालग्राम गण्डकी र एसओएस बालग्राम छोरेपाटनको सन् २०१७ को सामाजिक परीक्षण भएको छ।

गण्डकी प्रदेश प्रमुख कुँवरले सामाजिक परीक्षण उद्घाटन गर्दै बालग्रामप्रति आफ्नो नैतिक र भौतिक प्रतिबद्धता जनाए। बालग्रामका लागि आवश्यक भौतिक र आर्थिक सहयोग रहने प्रमुख कुँवरको प्रतिबद्धता थियो।

उनले बालग्राममा कार्यरत रहेर सेवा निवृत्त हुने आमाहरुका आवासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। बालग्राम र प्रदेश दुवैको संयोजनमा सेवानिबृत्त आमाहरुको आवास भवन बनाउनुपर्नेमा उनले जोड दिए।

प्रदेश सांसद कृष्ण थापाले बालग्रामका लागि आवश्यक आर्थिक सहयोग जुटाउन आफूले प्रयत्न गर्ने प्रतिबद्धता जनाए।

गोरखा बारपाक सुलीकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट गाउँपालिकाका भूकम्पपीडितको आयआर्जन र बालबालिकाको पठन पाठनमा एसओएस बालग्रामको सहयोग रहेको जनाए।

एसओएस बालग्राम गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्ठले एसओएस बालग्राम गण्डकीमा कास्की, स्याङ्जा, तनहुँ, गोर्खा, पर्वत, मनाङ, अर्घखाँची, म्याग्दी र चितवन जिल्लाका एक सय ५० जना बालबालिकाहरु आश्रति रहेको जनाए ।

उनले गोरखाको बारपाक सुलीकोट नगरपालिकामा भूकम्पले क्षति पुर्‍याएपछि ३ वर्षका लागि एसओएस स्वीट्जरल्याण्डको आर्थिक सहयोगमा समुदायमा आधारित समुदायमा आधारित सबलीकरण कार्यक्रम संचालन गरेको बताए।

कार्यक्रमअन्तर्गत बारपाक सुलीकोटका विद्यार्थीलाई छात्रवृत्ति, शिक्षकलाई तालिम र विपन्न वर्गका परिवारलाई कुखुरापालन, बाख्रापालन, बंगुरपालन, भैंसीपालन, तरकारी खेती तथा व्यवसाय गर्न एसओएस बालग्रामले सहयोग पुर्‍याउँदैआएको श्रेष्ठले उल्लेख गरे।

कार्यक्रममा प्रदेश सांसद इन्द्रधारा विष्ट र समाजसेवी सोनाम साङ्पो लगायतले बोलेका थिए।

स्वतन्त्र परीक्षक एवं मानवअधिकारका लागि युवा मञ्च कास्कीका भानु पराजुली र दीपेन्द्र अर्यालले सामाजिक परीक्षण २०१७ को सहजीकरण गरेका थिए।

एसओएस गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एसओएस बालग्राम छोरेपाटनका योजना निर्देशक लोब्सेन ग्याल्सेनले स्वागत र एसओएस गण्डकीका युवाग्राम निर्देशक प्रदीपभक्त आचार्यले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…
  • प्रभावकारी बन्दै ओएसटी कार्यक्रम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लागुऔषधको मौखिक प्रतिस्थापन उपचार (ओएसटी) पद्धतिको प्रभावकारी कार्यान्वयनका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याइएको छ । कम्युनिटी सपोर्ट ग्रुप…

hero news full width